कञ्चनपुर : नेकपा एमालेका उपाध्यक्ष एव सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल जति शक्तिशाली थिए । एमाले फुटसंगै उनी अहिले त्यति नै कमजोर बन्दै गएका छन । नेकपा एमाले ओलीतिर लागेसंगै उनले सुदूरपश्चिमा रहेको राजनीतिक शक्ति प्रभाव गुमाउँदै गएका छन । सुदूरपश्चिम प्रदेशका एमाले सभामुख सहित २५ सदस्य सहित ठूलो दल थियो । तर, ०७४ मसिरमा सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमाले माओवादी मिलेर चुनाव लडेसंगै सातै प्रदेशमा भागबण्डा गर्दा सुप प्रदेशमा माओवादीले सरकारको नेतृत्व पाएको थियो ।

एमाले स्थायी कमिटिको बैठकले सुप प्रदेशमा माओवादीलाई दिएको सर्मथन फिर्ता लिने निर्णय उल्ट्याने हैसियत राखेका रावलले पहिलो पटक संसद विघटनदेखि ओली बिरुद्ध हिड्दै गएका थिए । नेपालले नयाँ दल नेकपा एकीकृत दल दर्ता गरेसंगै उनी नेपालको साथ छाडेर एमालेमा प्रवेस गरेसंगै उनलाई सुप प्रदेशबाट ठूलो झट्का लागेको छ । आइतबार मात्रै रावल निकट तीन प्रदेश सभा सदस्यले उनको साथ छाडेर नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेस गरेका छन । रावलका निकट विश्वासिला पात्र प्रकास रावल, तारालामा तामाङ्ग र दिर्घ सोडारीले नयाँ पार्टी रोजेका हुन । उनीहरु तिनै जनाएले एकै पटक नेकपा एकिकृत समाजवादी पार्टी रोजेर सनाखत गरेका छन ।

पुर्व राज्यमन्त्री समेत रहेका रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले रावल, तामाङ्ग र सोडारीले एकै दिन नेकपा एकिकृत समाजवादीमा सनाखत गरेको बताए । यस अघि १० प्रदेश सभा सदस्यले समाजवादीमा सनाखत गराईरहेका थिए । रावल निकट सुदूरका स्थानीय नेता कार्यकर्ताहरुले ओलीको बिरोध गरेर अहिले एकाएक ओलीतिरै लागेर सारा नेता कार्यकर्ताको विचल्ली बनाएको भन्दै पुन नेकपातिर लाग्न सुझाव दिएका छन







