कञ्चनपुर : नेपाली काँग्रेस बेलौरी नगरपालिका ८को वडा सभापतिमा नेपाल तरुण दल कञ्चनपुरका युवा नेता निर्वाचित भएका छन ।

काँग्रेस १४औँ महाधिवेशनका लागि शुक्रबार देशभर भएको वडा समितिको निर्वाचनबाट मदन ऐरीले निकटतम प्रतिद्वन्दी दक्षप्रजापति पाण्डेलाई २२ मतले हराउँदै वडा सभापतिमा निर्वाचित भएका हुन ।

निर्वाचन समितिका अनुसार ऐरीले ५५ र पाण्डेयले ३३ मत ल्याएका थिए । कुल ९७मतदाता रहेको बेलौरी नगरपालिका ८नम्बर वडामा ९५मत खसेका थिए ।







