महेन्द्रनगरमा तिन महिने जनरल कुक तालिमको उद्घाटन

कञ्चनपुर : होटलमा कुकको रुपमा कार्य गर्दै आईरहेको युवाहरुको सीप विकास गर्न र उनीहरुको काममा स्तरोत्तर उन्नितको लागि महेन्द्रनगरमा ३ महिने जनरल कुकु तालिम सञ्चालन गरिएको छ ।May be an image of text that says 'बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवर्धन परियोजना (Promoting Market Let Technical and Vocational Skill for Employment) युवाहरुका लागि ३ महिने जनरल कुक तालिम मिति: 2060 आाद्र 9t स्थान: गंगोत्री इत्यिच्यु अफ होटल तेजमेनय केल्मधुर Technical Collaboration vith होटल व्यवसायी संघ NEEDS Fundedby dakchyata Managed by BRITISH COUNCIL'
आज बाट शुरु गरिएको जनरल कुक तालिमका मंसिर १७ गते सम्म सञ्चालन हुने छ । कञ्चनपुरको होटलहरुमा काम गर्दै आइरहेका कुकहरुलाई उनीहरुको सीपमा बढोत्तरी गरी ग्राहकहरुको रुची र आदर सत्कार, बसाई व्वस्थापन, बस्ने वातावरण तथा गुणस्तरीय खाना बनाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याएको निड्स नेपालका कार्यक्रम संयोजक विनोद सिह कडराले बताए ।May be an image of 2 people, people standing and indoor
३ महिने कुक तालिमको उद्दघाटन होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्ट, महासचिव रामचन्द्र रेग्मी र निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले गर्नु भएको थियो । निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले सम्पुर्ण सहभागीहरुलाई यस तालिम बाट लाभ लिई दक्ष बन्नको लागि मेहनतका साथ लाग्नु पर्ने र आफुले सिकेको कुरा कहिले पनि खेर नजाने हुनाले ध्यान दिएर सबैलाई तालिममा सहभागी हुन आग्रह गर्नु भयो साथै आगमी दिनमा पनि संस्थाको तर्फबाट हुने सहयोगको लागि सदैव तयार रहेको बताउनु भयो ।May be an image of 3 people, including Ramchandra Regmi, people sitting, people standing and indoor
होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्टले यस प्रकारको तालिमले कुकमा सीपको विकास हुने हुदाँ व्यक्ति लगायत संस्थालाई पनि फाइदा हुने भएकोले यो तालिम समायअनुकुल भएको बताए । यस प्रकारको तालिमले होटल व्यवसायीलाई त फाईदा हुन्छ नै आउने ग्राहकले पनि स्वच्छ र ताजा खाने कुरा पाउनुको साथै राम्रो व्यवहारले पुनःहोटलमा आउने वातावरण बन्दछ । यस प्रकारको तालिमले दक्ष जनशक्ति उत्पादन पनि हुने भएकोले यस तालिमको लागि आर्थिक सहयोग गर्ने विभिन्न संस्था र सहकार्य गर्ने निड्स नेपाललाई धन्यवाद दिनु भयो ।May be an image of 3 people, people standing and indoor
३ महिने जनरल कुक तालिमको लागि विभिन्न होटलमा कार्यरत २० जना कुक सहभागी रहेका छन् ।
युरोपियन युनियनको अर्थिक सहयोग, बिट्रिस काउन्सिलका व्यवस्थापन, टिभिईटि प्रयाक्टीकल पार्टनर सिप सहयोग र निड्स नेपाल तथा होटल व्यवसायी संघको सहकार्यमा गंगोत्री ईन्स्च्युट अफ होटल म्यानेजमेन्टको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याईएको हो । कार्यक्रम सञ्चालन निड्स नेपालका मनराज उपाध्यायले गर्नु भएको थियो ।May be an image of 2 people and people standingMay be an image of 8 people and people standing

ताजा समाचार

This will close in 10 seconds