कञ्चनपुर: नेकपा एमाले फुटको असर कञ्चनपुरका जनप्रतिनिधीमा समेत परेको छ । एमाले पुर्व बरिष्ठ नेता माधव कुमार नेपालले एमाले बाट अलग भएर नयाँ पार्टी नेकपा एकृकित समाजवादी दर्ता गरेसंगै निर्वाचन आयोगले देशभरी प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी रोज्नका लागि २२ भदौँ सम्म दिएको सीमा अनुरुप कञ्चनपुरमा समेत नेकपा एकिकृत समाजवादी पार्टी रोजिरहेका छन । बिहीबारदेखि एमालेबाट स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधीहरुले नेकपा एकृकित समाजवादी पार्टी रोजेका छन । पहिलो दिन बेलौरी नगरपालिकाका ९ जनप्रतिनिधीले समाजवादी पार्टी रोजेका हुन ।

बेलौरी नगरका प्रवक्ता विनोद नेपाली सहितका दुई वडाध्यक्ष, दुई कार्यपालिका सदस्य र चार वडा सदस्यले नेकपा समाजवादी रोजेका हुन । बेलौरी नगरका प्रवक्ता बिनोद नेपालीले एमालेबाट बेलौरी नगरपालिका नगरपालिकामा संसदीय दलका नेता समेत रहेका ९ का वडाध्यक्ष समशेर सिह पेला, ८ का वडाध्यक्ष नन्द कुमार राना, कार्यपालिका सदस्य तुलसी श्रेष्ठ धन बहादुर सार्की, वडा सदस्यहरु रामप्यारी विक, सोनादेवी दमाई, चमरु राना, राजमान चौधरीले समाजवादी पार्टी रोजेका हुन । उनीहरुले निर्वाचन आयोग कञ्चनपुरको कार्यालयमा आफुले रोजेको दलमा सनाखत गरेका छन । बेलौरी नगरका प्रवक्ता विनोद नेपालीले पहिलो दिन बेलौरीका ९ जनप्रतिनिधीले नेकपा एकृकित समाजवादी दल रोजेर निर्वाचन आयोगको कार्यालयमा सनाखत गरेको बताए ।

‘अहिले हामीले नयाँ दल नेकपा एकृकित समाजवादी दल रोजेका छौँ, ‘उनले भने, ‘समय सीमासम्म अझै थप जनप्रतिनिधीले नेकपा एकृकित समाजवादीमा सनाखत गर्नेछन ।’ यस अघि कञ्चनपुरका प्रदेश सभा सदस्यमा निर्वाचित समाजिक विकास मन्त्री समेत रहेका लाल बहादुर खडका, कुलबिर चौधरीले नेकपा एकृकित समाजवादी पार्टी रोजेको निर्वाचन आयोगका सनाखत गरेका छन । केही प्रदेश सभा सदस्य एव जनप्रतिनिधी दोहोरो बार्किनिङ्गमा रहेपनि यस अघि एमाले सुप प्रदेश ससंदीय दलको प्रमुख सचेतक समेत रहेका तारालामा तामाङ्ग सहित कञ्चनपुरका थप स्थानीय तहका जनप्रतिनिधीले नेकपा एकृकित समाजवादी दलमा सनाखत गर्ने बताईएको छ ।

देशभर नेकपा एकृकित समाजवादी पार्टीमा सनाखत गर्ने नेताहरुलाई विभिन्न स्थानमा सम्बन्धित निर्वाचन आयोगमा जान नदिई विभिन्न बहाना बनाई रोक्ने कार्यभएको भन्दै नेकपा एकृकित समाजवादी पार्टीका केन्द्रीय सदस्य उर्वादत्त पन्तले, ‘कम्युनिष्ट आन्दोलनमा आएका विर्सजनवादी र दक्षिणपन्थी धारका विरुद्ध हामीले नेपाल क्युनिष्टपार्टीलाई पुनः संगठित गरेका छौं । त्यसै क्रममा संघीय संसद (केन्द्रीय संसद), प्रदेश सभा र स्थानिय तहमा निर्वाचित पद्याधिकारी सहित जन प्रतिनिधिहरुले हामीले पुनः गठित गरेको नेकपा एकृकित समाजवादी दलमा आफनो एक वैद्धता र निर्वाचित हैसियत कायम गर्न प्रयोजनको लागी यही भदौं २२ गते सम्म सम्बन्धित स्थानमा रहको निर्वाचन कार्यालयहरुमा दर्ता एवं सनाखत गर्ने कार्य धमाधम भइरहेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेश सभामा हामी बहुमत सदस्य सहीत सनाखत भएको छ भने नगर एवं गाँउपालिकामा यो कार्य निरन्तर जारी छ एउटा जन निर्वाचित प्रतिनिधिले सम्वैधानिक र कानुनी रुपमा गठन भएको राजनैतिक दलमा निवार्ध एवं निसकोच समावेश हुन पाउनु पर्दछ । यसकार्यमा कही कतै बाधा अवरोध सृजना भएकोमा हामी विरोध एवं खेद प्रकट गर्ने’ बताउनु भयो ।






