बेलौरी : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बेलौरी नगर पालिका स्तरको क्रान्तिकारीको कमिटी विस्तार गरेको छ । बुधबार बेलौरी नगरपालिका स्तरको अखिल क्रान्तिकारीको संगठन विस्तार भएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले परशु नारायण चौधरी नेतृत्वमा ३५ सदस्यीय अखिल क्रान्तिकारी बेलौरी नगर कमिटि विस्तार भएको बताए । उपाध्यक्ष सुरिला चौधरी, गोबिन्द भुल, अस्मिता विष्ट, कनैया राना, सचिव कल्पना चौधरी, सहससचिव सीमा भुल, आरती विष्ट, नरेन्द्र चौधरी, कोषाध्यक्ष रोहित पन्त रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष एव बेलौरी–बेलडाँडी इन्चार्ज कैलाशचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी सुप प्रदेशका सहसंयोजक भीम भट्टको प्रमुख आथित्यमा भएको कार्यक्रममा क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, स्थानीय माओवादी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क्रान्तिकारीले कञ्चनपुरका मंगलबारदेखि पालिका स्तरमा संगठन विस्तार गरिरहेको छ ।







