काँग्रेस महाधिवेशन : वडा समिति सहित क्षेत्रीय प्रतिनिधीय सहमतीय आधारमा छनौट

भीमदत्त नगरपालिका १५ नम्बर वडा उदाहरणीय, वडा समिति सहित क्षेत्रीय प्रतिनिधीय सहमतीय आधारमा छनौट


कञ्चनपुर: आशन्न नेपाली काँग्रेसको महाधिवेशनका लागि चार पटक समय तोकिएर हुन सकेन । तर, वडाबाट छनौट हुने वडा समिति, क्षेत्रीय प्रतिनिधी छनौटका लागि किचलो भईरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका १५नम्बर वडाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले उदाहरणीय काम गरेका छन । देशभरीका ७सय ५३ पालिकामा काँग्रेसका मुल गुट तिनका विभिन्न उपगुटविचको असमझदारीका कारण फेरीपनि १८भदौँमा साकिएको वडा सम्मेलन हुन नहुने चिन्ता बढाईरहेका बेला भीमदत्त नगरपालिका १५ नेपाली काँग्रेसले देशभरी सहमतीय आधारमा छनौट भएको सन्देश दिएको छ । उक्त वडाबाट क्षेत्रीय प्रतिनिधीमा छनौट भएका क्षेत्रीय प्रतिनिधी निरन्जन प्रशाद भट्टले सबै क्रियाशिल सदस्यहरुको भेलाले सहमतीय आधारमा वडा समिति, नगर कमिटि र क्षेत्रीय प्रतिनिधी छनौट गरेको बताए ।

उनका अनुसार वडा समितिको सभापतिमा भीम भट्ट नेतृत्वका वडा समिति चयन गरिएकोछ । उप सभापति हरि प्रशाद भट्ट, दिपक प्रकास भट्ट, सचिव करन कार्की, दिपक प्रशाद भट्ट, सह सचिव धर्मसिह कार्की, अनिल भट्ट र सदस्य तर्फ टेकेन्द्र महरा, भागरती विष्ट, पार्वती थलाल, नगर प्रतिनिधीमा गणेश ब. चन्द, यज्ञ बहादुर प्वाली, पदममा थलाल रहेका छन । भने  वडा सभापति रतन साउँदका अनुसार क्षेत्रिय प्रतिनिधिमा खुला तर्फ प्रेम प्रकाश भट्ट, विनोद बडु, निरञ्जन प्रसाद भट्ट, केशव राज जोशी, महादेव भट्ट, खेमराज ऐरी, अमर बहादुर चन्द, विरेन्द्र सिंह भण्डारी, नरेन्द्र सिंह भण्डारी, रतन सिंह साउँद सर्वसम्बत चयन भएका छन् । महिला प्रतिनिधीमा निलम लेखक(जोशी), शारदा चन्द, रन्ता ऐरी, यशोदा खडका, कविता सुनार रहेका छन । समावेशी तर्फ कविता सुनार र नगर समितिमा गणेश बहादुर चन्द,पद्मा थलारा र यग्य बहादुर प्वाली चयन भएका काँग्रेस कञ्चनपुरले जनाएको छ । कोषाध्यक्ष भने केही समयमा चयन गर्ने वडा सभापति साउँदले बताए ।

सहमतीय आधारमा छनौट भएका वडा समिति, नगर क्षेत्रीय प्रतिनिधीलाई नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले बधाई तथा शुभकामना दिदै जिल्लाभरी सहमती आधारमा वडा, नगर तथा क्षेत्रीय प्रतिनिधी छनौटका लागि शुभकामना दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img