स्थानीय तहको सेवा प्रवाहबारे भीमदत्तका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रवाह गरिरहेको सेवा सम्पादनबारे छलफल गरिएको छ । नेपाल गाँउपालिका राष्ट्रिय महासंघले स्थानीय तहको सेवा प्रवाहबारे अध्ययनका लागि भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया गरेको हो । आईतबार भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा संघिय प्रणालीपछि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले गरेको सेवा प्रवाहको अवस्था, समस्या चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रममा छलफल गरिएको थियो । नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

No description available.

अन्र्तक्रिया कार्यक्रममा बोल्दैँ पुर्व मुख्य सचिव सुवेदीले संघियताको जग नै स्थानीय तहको सरकार भएको बताउनु भयो । उहाँले पालिकाको सेवा सम्पादनको अवस्थाबारे बुभm्न कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया गरिएको बताउनु भयो । उहाँका अनुसार संघियतापछि विकास निर्माण कार्यसँगै सेवा प्रवाहमा सुधार सहजता आएको छ । महासंघले अध्ययन प्रतिवेदनमार्फत देशभरिमा पालिको साझेदारी तथा सहकार्यको अवस्था, सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव, जनशक्ती तथा श्रोत साधनको परिचालन र संघ तथा प्रदेश सरकारलाई नीतिगत पृष्ठपोषण दिने उहाँले बताउनु भयो । कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीले पालिकाले गरिरहेको काम र त्यसमा देखा परेका समस्या तथा चुनौतीबारे जानकारी गराउनु भएको थियो । भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्दले तिनै तहका सरकारको अपसि समन्वय अभाव रहेको औल्याउनु भयो । उहाँका अनुसार समन्वय अभावमा योजना दोहोरिनुका साथै प्राथमिकिरणमा पनि समस्या उत्पन्न भएको छ ।

No description available.

त्यस्तै स्थानीय तहलाई संविधानले प्राप्त गरेका अधिकार सम्बन्धी कतिपय नीतिगत कानुन अभाव, जनशक्ती श्रोत साधनको अभावकाबिच काम गर्नु परेको उहाँले बताउनु भयो । त्यस्तै भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्टले दरबन्दी अनुसार कर्मचारीको पदपुर्ती अभाव भएको बताउनु भयो । उहाँका अनुसार स्थानीय तहले.पदपुर्ती गर्न आवश्यक श्रोतको सुनिश्चता नहुदाँ कार्य सम्पादन जटिलता उत्पन्न भएको छ । नगरपालिकाले वडास्तर र कार्यालयबाट जनतालाई प्रभावकारी रुपमा सेवा सम्पादन गरिएको उहाँको भनाई छ । साथै कर्मचारीको व्यवस्थापन र वृत्ति विकासमा जोड दिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो । त्यस्तै नगरपालिकाले विकास निर्माण र सामाजिक रुपान्तरण साझेदारी गदैँ अघि बढेको जनाएको छ । सबै वडामार्फत आधारभुत स्वास्थ्य सेवाको पुहुच विस्तार गरेको छ । भने राजस्व प्रणलीमा सुधार गदैँ आन्तरिक आयमा पनि वृद्धी गरेको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुखले आवश्यक नीति कानुनको स्पष्टता र कर्मचारी पदपुर्तीसँगै वृत्तिविकासमा जोड दिनु भएको थियो ।

संयुक्त योजना बैंक बनाएर कार्यान्वयमा तीनै तहको समन्वय जरुरी छः नगर प्रमुख विष्ट 

प्रमुख सुरेन्द्र विष्टले विकास र समृद्धिका लागी योजना बैंकको अवधारण अनुसार काम गर्नुपर्ने बताउनु भएको छ । नेपाल गाँउपालिका राष्ट्रिय महासंघले संघियतापछिको स्थानीय तहको सेवा सम्पादनबारे अध्ययनका लागि भीमदत्तका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख विष्टले यस्ता बताउनु भएको हो । उहाँले संयुक्त रुपमा विकासको योजना बैक बनाउने र तीनै तहको सरकारको आपसी समन्वयमा योजना कार्यान्वय गर्नु पर्ने उहाँको भनाई छ । उहाँले संघिय संरचना अन्र्तगतका सरकारबिच केही समन्वय अभावले योजना डुब्लीकेसन र प्राथमिकरणको समस्या देखिने गरेको उल्लेख गदैँ उहाँले भन्नुभयो ‘विकासका लागि संयुक्त रुपमा योजना बैंक बनाउनु पर्ने आवश्यक छ, त्यसको कार्यान्वय तीन वटै तहको सरकारबिचको समन्वयमा हुनुपर्छ ।’ साथै नगरपालिकाले योजना बैंकको अवधारण अन्र्तगत शहरी विकास आयोग गठन गरेको उहाँले बताउनु भयो । आयोगले नगरको २५ वर्ष गुरु योजना बनाएर प्राथमिकताको आधारमा योजना कार्यान्वयको दिशामा अघि बढी सकेको छ । त्यस्तै नगर प्रमुख विष्टले २००७ सालको प्रजातन्त्रपछि पनि देशको लामो समय व्यवस्था परिर्वतका लागि खर्च भएको उख्लेख गदैँ अब व्यवस्था परिवर्तन नभई यसमा आवश्यक सुधार गर्नु पर्ने बताउनु भयो । संघियताबारे स्पष्ट पादैँ उहाँले भन्नुभयो । ‘कतिपयले संघियतामाथि प्रश्न गर्ने गरेका छन्,देशको धेरै समय व्यवस्था परिर्वतनमा खर्च भईसकेको छ, अब यसमा देखिका कमिकमजोरीलाई सच्याउँदै आवश्यक सुधार गर्नु पर्छ, व्यवस्था परिर्वतन गर्न सकिदैँन् ।’ साथै उहाँले संघियतापछिको स्थानीय सरकारको नौलो अभ्यास भएकोले सुरुवती समय आवश्यक नीति तथा कानुन निर्माण र पद्धतिको विकासमा खर्च भए पनि त्यसपछिको समयमा नगरपालिकाले विकास गति लिदैँ गएको बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds