दुर्घटना बाट मृत्यु भएका जोशी परिवारलाई नेशनल लाईफ द्वारा मृत्यु दाबि भुक्तानी


कञ्चनपुर : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानि गरेको छ। महेन्द्रनगर भाँसी निवासि स्वर्गिय भुवन प्रशाद जोशीकाे परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कार्यक्रम गरी भीमदत्त नगरपालिका-३ भाँसीका जाेशिको परिवारलाई ५ लाख रकम भुक्तानी दिएको छ । उक्त रकमकाे चेक मृतकका श्रीमती भागरथि कुमारि जोशीलाई हस्तान्तरण गरिएको छ ।

६ बर्ष अगाडि कम्पनीका अभिकर्ता अमृत बहादुर शाह बाट ५ लाखको बाल अमृत १ सावधिक बीमा गरेका जोशीको गत असारमा दुर्घटनाका कारणबाट मृत्यु भएको थियो, चेक हस्तान्तरण गर्दै शाखा प्रमुख नवीन किशाेर भट्टले कम्पनीको नियम अनुसार बच्चाको बिमामा प्रस्तावककाे मृत्यु हुदा नियम अनुसारको बिमाङ्क रकम तत्कालै भुक्तानी गरिएको र यस पछिका सम्पुर्ण किस्ताहरु मिनाहा हुनुका साथै बिमा अवधि सकिदा बच्चालाई बिमाङ्क रकम र पुर्ण अवधिकाे बाेनस पुनः भुक्तानी गरिने जानकारी दिनु भयाे ।

कम्पनीकाे एजेन्सी कार्यालय मझगाउँका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द लगायतका अन्य अभिकर्ताहरुकाे उपस्थितिमा मृत्यु दाबि भुक्तानी रकमकाे चेक हस्तान्तरण गरिएको थियाे ।


Loading Viewer...

ताजा समाचार

spot_img