परशुरामधाम : धार्मिक तथा पर्यटकीय गन्तव्य

परशु राम पवित्र धाम बहुतै, हो क्षेत्र धर्मादिको
सारा इशहरु घुमेर रमने, हो क्षेत्र पुण्यादिको ।
पुण्यै धाम समग्र पुज्य थलको, हो एक क्षेत्रै पनि
इच्छा पुृर्ण हुने समस्त जनका, खोलेरै नेत्रै अनि ।
जाउँ लौ हिड इष्ट मित्र अनि ता, बन्धु सङै बान्धव
मुक्ति आर्जनको पवित्र थलमा, छाडि सबै ताण्डव ।
परशुराम महान नाम जगमा हो, सम्झि जानि लिनु
लिला व्यापक औ असंख्य यसको, यो सत्य मानिलिनु ।
चुरेका तटमा पवित्र थलमा, यो क्षेत्र हो व्यापक
विद्या बुद्धि सङै विवेक समता, यस्का त हुन मानक ।
मेरा जीवनका असंख्य घडीमा, पुगु यसै धाममा
छाडि जिवनका समस्त कुरीति, लागु यसै काममा ।
तिर्र्थै व्रत सङै्र समस्त अरु जो छन, कर्म पुण्यादिका
जानु पर्छ अवश्य यसै तिरथमा, बुझि कुरा मर्मादिका

सुदुरपश्चिम प्रदेश धार्मिक,प्राकृतिक तथा पर्यटकीय सम्पदाले भरिपुर्ण प्रदेश हो । सुदुरपश्चिम प्रदेशका ७ वटै जिल्लामा विविध सम्पदा छन । डडेल्धुरा जिल्ला अमरसिंह थापा भन्दानि पहिलेबाट प्रख्यात छ । ९ वटा पालिकामा विभाजित डडेल्धुरा जिल्लाका हरेक पालिकामा धार्मिक तथा प्राकृतिक सम्पदा छन । भागेश्वर गाउपालिका प्रख्यात देवता भागेश्वरका नाँउबाट राखिएको हो ।वीर पुरुष अमरसिंह थापाको दीर्घ सम्झनामा डडेल्धुरा जिल्लाको सदरमुकामको अमरगढी नगरपालिकाको नाउ रहन गएको हो । आदिशक्ति दुर्गाको सम्झनामा नवदुर्गा गा.पा.को नाउ रहन गएको हो ।
परशुराम नगरपालिका पनि पौराणिक परशुराम को नामबाट रहन गएको हो । पवित्र महाकाली नदी समेत यसै न.पा. भइ बहने गर्दछिन । १२ वटा वडामा विभाजित परशुराम न.पा.को क्षेत्रफल४१४.०७ वर्ग कि.मी छ भने यहाँको जनसंख्या ३४९८३ रहेको छ । अनुपम प्राकृतिक सम्पदाले भरिपुर्ण यो नगरपालिका पर्यटकीय हिसाबले समेत एक महत्वपुर्ण गन्तव्य हो ।

स्कन्द पुराणको मानस खण्डमा वर्णित विभिन्न महात्मयहरु मध्ये डडेल्धुरा जिल्लामा धेरै तिर्थ स्थलहरु रहेका छन । परशुराम महात्म्य(अध्याय १६) डडेल्धुरा ,शीर्ष,कुर्मशीला महात्म्य(अध्याय ६४) डडेल्धुरा,कुर्मुले आदि । शास्त्र पुराणमै वर्णित यस प्रकारका धार्मिक,पर्यटकीय सम्पदाहरु अधिक मात्रामा सुदुरपश्चिम क्षेत्रमै हुनु सुदुरपश्चिमवासीहरुका लागि गौरव र प्रतिष्ठाको समेत विषय हो । प्रसिद्ध तीर्थ स्थल परशुराम धाममा पुजाआजाको कार्यक्रम प्रायः नियमित हुने भएतापनि विशेषत : माघ १ गतेको मकर संक्रान्तिका दिन भव्य मेला लाग्ने गर्दछ । छिमेकी जिल्ला बैतडी, डोटी, दार्चुला, कैलाली, कञ्चनपुर लगायत मित्र राष्ट भारतको उत्तराखण्ड तथा उत्तरप्रदेश प्रान्तका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन । परशुराम नगरपालिकाको विशष व्यवस्थापनमा मेला सभ्य र भव्य हुने गर्दछ ।फरशुरामबाट अपभ्रंस हुदै परशुराम नाम रहन गएको जानकारहरु बताउने गर्दछन ।

परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साँउद समेत यस क्षेत्रको विकास तथा प्रवर्धनार्थ निरन्तर लागिरहेका छन । संस्कृत विश्वविद्यालय अन्तर्गत विशालतम शैक्षिक संरचना समेत निर्माणको यहाँ तयारी रहेको छ । राष्टिय पण्डित व्यासाचार्य तथा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य खेमराज ओझाले समेत परशुराम धाम क्षेत्रमा कयौँ पटक भागवत कथाहरुमा धार्मिक प्रवचन गरिसक्न भएको छ ।

परशुराम धामको समग्र विकासका तपसिलका कार्यक्रमहरु गर्नु आवश्यक छ :
१. परशुराम धाम विकास गुरुयोजना बनाइ तत्को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ।
२. परशुराम धाम राष्टिय महत्वको क्षेत्र भएकाले संघ,प्रदेश तथा स्थानीय सरकारबाट प्रयाप्त बजेट विनियोजन गरिनु पर्छ ।
३. परशुराम क्षेत्र भित्रका सडक संरचनाहरु यथाशिघ्र स्तरोन्नती गरिनुपर्छ ।
४. कम्तीमा पनि वर्षमा एक पटक घुमौँ परशुराम योजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयनका विशिष्ट योजनाहरु बनाउनु पर्छ ।
५. वर्तमान समय सञ्चार तथा प्रविधिको भएकाले आधुनिक सुचना तथा सञ्चारका माध्यम फेसबुक,ट्वीटर लगायतबाट व्यापक प्रचार प्रसार गरिनु पर्छ ।
६. विदेशबाट समेत कयौँ पर्यटकहरु सुदुरपश्चिम क्षेत्रमा निरन्तर आइरहन्छन । पर्यटकहरुलाई परशुराम क्षेत्रप्रति आर्कषित गर्नका निम्ति आधुनिक खालका होटल लगायत सुविधाहरुको विकास गर्नुपर्छ ।
७. पर्यटकहरु साहसिक काममा विशेष रुची राख्ने भएकाले पवित्र महाकाली नदीमा राफ्टिङ लगायत साहसिक पर्यटनको विकास गर्नु पर्छ ।
८. मित्र राष्ट भारतको उत्तराखण्ड प्रान्त स्थित प्रसिद्ध पुर्णागिरी क्षेत्रमा जुन रुपमा पर्यटक एवं श्रद्धालुहरुको उपस्थिीति हुन्छ तिनै श्रद्धालुहरुलाई परशुराम धाममा समेत भ्रमण गराउन कुटनीतिक माध्यमबाट भारत सरकार समक्ष वार्ता गर्नुपर्छ । पुर्णागिरीका श्रद्धालु एक पटक परशुराम भन्ने मान्यता अघि सारी सोको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु पर्छ ।
९. आन्तिरक पर्यटक तथा श्रद्धालुहरुको परशुराम क्षेत्रको बसाइ लम्ब्याउन सहुलियत प्रकृतिका धर्मशाला तथा आवास गृह सञ्चालनमा ल्याउनु पर्छ ।
१०. गंगा स्नान तथा विविध धार्मिक कर्मका निम्ति हरिद्दारनै जानु पर्छ भन्ने मानसिकता परिर्वतन गर्नका निम्ति परशुराम क्षेत्रमा ब्राह्मणहरुको उपलब्धता,अस्थि तथा श्राद्धका लागि संरचना लगायतको विशेष निर्माण गरिनुपर्छ ।
११. स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुसार अधिकांश अधिकारहरु स्थानीय तह(गा.पा. तथा न.पा.)मा निहित छन । स्थानीय परिवेश ,विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनको अधिकार समेत स्थानीय तहमा छ । परशुराम क्षेत्रको पौराणिकता,धार्मिक,सांस्कृतिक तथा पर्यटकीय महत्व ,सम्भावना तथा चुनौतीहरुलाई समेटी हाम्रो परशुराम नामक पाठ्यक्रम तयार गरि लागु गर्नु पर्छ । जुन परशुराम क्षेत्रलाई चिनाउने अत्युत्तम विधि हो ।
१२. प्रायःजसो ग्रामिण परिवेशमा अझैँ पनि एफ.एम. रेडियो सुन्ने चलन कायमै रहेकाले एफ.एम. रेडियोहरु संग वार्षिक रुपमा सम्झौँता गरि परशुराम धामको महत्व विषयक रेडियो कार्यक्रम प्रसारण गरिनु पर्छ ।
१३. विभिन्न बैँक तथा वित्तिय एवं अन्य संघ संस्थाले सामाजिक उत्तरदायित्व (Social Responsibility) अन्तर्गत धार्मिक , सामाजिक संघ,संस्थाहरुलाई आफ्नो योजना अनुसार आर्थिक तथा भौतिक सहयोग गर्ने गर्दछन । यस प्रकारको सहयोग लाई परशुराम धाममा लगाउन सहज प्रकृतिको सहयोग ग्रहण नीति बनाइ कार्यान्वयन गर्नु पर्छ ।
१४. कुनै पनि ठाउँको वृहत प्रचार प्रसारका निम्ति त्यस ठाँउको महत्व विषयको राष्टिय प्रकृतिको कुनै प्रतियोगिता समेतको आयोजना गर्न सकिन्छ ।

१५. अछाम जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले अछाममा व्यापक रहेको छाउपडी प्रथा हटोस भन्ने हेतुले राष्टव्यापी खुल्ला चित्रकला प्रतियोगिता आयोजनाको कार्यक्रम बनाउनु भएको थियो । छाउपडी अन्त्य विषयको भाव उक्त चित्रमा झल्किनु पर्ने नियम बनाइएको थियो । यसै प्रकारले परशुराम धाम ः एक पर्यटकीय गन्तव्य विषयक निबन्ध,वक्तृत्वकला,चित्रकला प्रतियोगिता राष्टिय स्तरको गराइ लाखौँ मानिसको ध्यान परशुराम धाम तर्फ आकृष्ट गराउन सकिन्छ । सकिन्छ,जसबाट फरक फरक उमेर समुहका व्यक्तिहरुलाई परशुराम धाम प्रति आर्कषित गर्न सकियोस । पिकनिक स्पटमा गर्न पाइने गतिविधि सम्बन्धी नियम बनाइ कार्यान्वयन गर्नु गराउनु पर्छ । स्पटका नाममा अधार्मिक गतिविधिलाई प्रसय नदिइ निस्तेज गर्नु पर्छ ।
१६. संघीय सरकारको संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले धार्मिक,सांस्कृतिक सम्पदाका लागि प्रदान गर्ने ठुलो राशीको सहयोग रकम परशुराम क्षेत्रका लागि समेत विनियोजन गरिनुपर्दछ ।
१७. हरेक क्षेत्र विशेषको राष्टिय∕ अन्तराष्टिय प्रचार प्रसारका खातिर सरकार पक्षबाट समेत महत्वपुर्ण कार्य गरिएका हुन्छन । माल्दिभ्सले समुन्द्रमुनी मन्त्रिपरिषद्को बैठक गरि जल सम्पदाको अन्तराष्टिय परिचय गराएको थियो । वि.सं.२०६५∕०६७ तिर तत्कालिन नेपाल सरकारले मन्त्रिपरिषद्को बैठक सगरमाथाको आधार शिविर कालापत्थरमा उक्त क्षेत्रको थप अन्तराष्टिय प्रचार गरेको थियो । यसै प्रकार संघ सरकार,प्रदेश सरकार एवं स्थानीय सरकार समेत परशुराम धाम क्षेत्रमा बैठक गरी राष्टिय तथा अन्तराष्टिय प्रचार प्रसार गर्नु पर्छ ।
१८. २०६८/०६९ सालमा तत्कालिन नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक दिनको बास जनताको घरमा कार्यक्रम चलाए जस्तै वर्तमान समयमा समेत संघ,प्रदेश सरकारका प्रधानमन्त्री,मुख्यमन्त्री समेतले एक दिन धार्मिक क्षेत्रमा कार्यक्रम चलाइ परशुराम लगायतका धार्मिक सांस्कृतिक सम्पदाको व्यापक प्रचार प्रसार गर्नु पर्छ ।
१९. वर्तमान सरकारले ख्ष्कष्त ल्भउब िद्दण्द्दण् चलाए जस्तै स्थानीय सरकारबाट समेत ख्ष्कष्त एबचकजगचबm जस्ता कार्यक्रम सक्रियताका साथ सञ्चालन गर्नु पर्छ ।
२०. संस्कृति संरक्षणका क्षेत्रमा अन्तराष्टिय स्तरका विज्ञ विद्धानहरुलाई आमन्त्रण गरि ऋयलअबिखभ आयोजना गरि व्यापक प्रचार प्रसार गर्नु पर्छ ।
२१. भारत वृन्दावन,मथुरा,अयोध्या जस्ता धार्मिक शहरमा चल्ने सार्वजनीक सवारी साधनहरुमा भक्तिमय धार्मिक भजन संगीतहरु निरन्तरहरु बजिरहेका हुन्छन । यसबाट उक्त क्षेत्रमा अन्य जुनसुकै उद्देश्य समेतले यात्रा गर्ने मानिसहरुमा एकपटक उक्त क्षेत्रको भ्रमया गर्नु पर्छ भन्ने भाव पैदा हुन्छ । यस प्रकार परशुराम एवं आसपासका क्षेत्रमा चल्ने गाडीहरुमा भक्तिमय भजन संगीतबाट अन्य उद्देश्य लिइ यात्रा गर्ने मानिसलाई धाम प्रति आकर्षित गर्न सकियोस ।
यस प्रकार सुदुरपश्चिम क्षेत्रमा अवस्थित परशुराम धामको महत्व हरेक कोणबाट विशिष्ट र व्यापक छ । नजिकको तिर्थ हेला भन्दा पनि नजिकको तिर्थ प्रवर्धन सिद्धान्तलाई व्यवहारिक अनुसरण गरी यसको प्रचार प्रसार तथा संरक्षण एवं संवर्धनमा खट्नुपर्छ ।

लेखक : अमित प्रसाद भट्ट
सहायक स्तर पाँचौ तह (ना.सु. सरह)
बेलौरी नगर कार्यपालिकाको कार्यालय श्रीपुर, कञ्चनपुर
जन्म थलो : दोगडा केदार गा.पा. ४ पिपलकोट बैतडी
हाल : भिमदत्त न.पा. ७ हल्दुखाल, राममन्दिर टोल ,कञ्चनपुर
मोबाइल नम्बर : ९८४८७४४५३५

ताजा समाचार

This will close in 10 seconds