कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन । शुक्रबार सहकारी भवन तोडफोड प्रकरणमा भएको छलफलमा शान्ति नाथले आफु लगायत २०/२५ जना समुको हुलहुज्जल गरेर महिला साना किसान कृषि सहकारी संस्था लिको बेलडाँडी नवनिर्मित भवनमा ढुङ्गामुढा प्रहार गरि भौतिक क्षति पु¥याएको स्वीकार गर्दै ११ भदौँमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेय, प्रहरी उपरीक्षक उमा प्रशाद चर्तुर्वोदी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी संघ संस्थाको प्रतिनिधीको रोहवरमा सहकारी भवनमा भएको तोडफोड बारे छलफल हुँदा सहमती भई निष्कर्षमा पुगे अनुसार शान्ति नाथले उक्त घृषित कार्य गरे मार्फत सार्वजनिक रुपमा क्षमाचायना गर्दै अब उपरान्त यस प्रकारका गल्तीहरु नदोहो¥याउने र गल्ती भएमा सबै कागजतका आधारमा हुने कानुनी कार्बाही सहने जनाएकी छिन ।

साना किसानको भवनमा भएको क्षति स्वयम आफुले व्यर्होर्न छु भन्दै अब उपरान्त महिला साना किसान कृषि सहकारी संस्था लि.लाई कुनै प्रकारको असहयोग, तोडफोड तथा दुव्र्यवहार गर्ने छैन भनि लिखित माफि मागेकी हुन । पहिलो पक्षमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला कुमारी रोग्मी(जोशी), दोस्रो पक्षमा आफै शान्ति नाथले हस्ताक्षर सहित औठा छाप गरेका छन । रहोवरमा सकारी केन्द्रीय शिक्षा उप समिति सदस्य बिरेन्द्र बहादुर शाह, सहकारी प्रदेश संयोजक धर्मसिह कुँवर, काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले हस्ताक्षर गरेका छन । भने उक्त सहमती पत्रमा समाजसेवि भनेर काँग्रेस नेता जनक सिह धामीको समेत नाम भएपनि हस्ताक्षर गरिएको छैन ।

घटनामा संलग्न व्यक्तिले प्रशासन, प्रहरी, राजनीतिक दल एव विभिन्न सरोकारवालाको उपस्थितिमा लिखित मागि मागेपछि सहमती गरिएको सहरीका अध्यक्ष कमला रेग्मी(जोशी)ले बताईन । ग्रामिण भेगका महिला एव जनताको आर्थिक विकासका लागि कार्यरत महिलाले नेतृत्व गरेको सहकारी महिलाबाटै राजनीतिक प्रतिशोध साँधेर तोडफोड कार्य निन्दनिय भएको भन्दै बिरोध गरिएको छ । कुनैपनि नागरिकले गैर कानुनी काम गर्दा अन्तत माफि वा कानुनको कठघरमा उभिनुपर्ने भन्दै नागरिकले सरकारी भवन तोडफोड गर्नेमाथि कार्बाहीको माग सार्दै आएका थिए ।







