कैलाली : जनता समाजवादी पार्टीको सुदूरपश्चिम भेला सम्पन्न भएको छ । शुक्रबार कैलालीको धनगढीमा जसपा सुप प्रदेशको भेला सम्पन्न भएको हो । जसपा केन्द्रीय सदस्य माया नेगीले समसामयिक राजनीतिक विषयमा प्रदेशका नेता कार्यकर्ताहरुसंग राजनीतिक परिवेस पार्टीको भूमिका वारे अभिमुकिरण गरिएको बताए ।
उनका अनुसार कार्यक्रममा जसपा संघीय परिषद् अध्यक्ष एव पुर्व बाबुराम भट्टराईले सभा सम्बोधन गरेर नेता कार्यकर्ताहरुलाई एकढिक्का भएर पार्टीको र जनताको काममा जुट्न निर्देशन दिनुभयो । कार्यक्रममा जसपा सुप प्रदेश सदस्य मालामती राना सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






