अवैध लागूऔषध सहित १ जना पक्राउ

बर्दिया : राजापुर नगरपालिका–१ झगई बस्ने २३ वर्षीय विबेक चौधरीलाई १ सय २० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित घर नजिकै बाटोमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds