कञ्चनपुर: असार तेस्रो साता छिमेकी प्रकास पाल समुहको आक्र्मणमा परि मारिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको हत्या प्रकरणमा जिल्ला अदालतले गरेको आदेश उच्च अदालतले उल्ट्याईदिएको छ । गत साउनमा कञ्चनपुर जिल्ला आदालतका न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले बोहरा हत्या प्रकरणमा सलग्न प्रकास पाल, मधु भनिने रुक्मा पाल र लाल बहादुर बोहरालाई पुरपक्षका लागि कारागार पठाउने आदेश दिएको थियो तर, उच्च अदालतले रुक्मा पाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालत महेन्द्रनगरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले वादी र प्रतिवादी पक्षबाट मुद्दामा उच्च अदालतमा पुनरावेदनका लागि रिट दायर गरिएको थियो । सूचना अधिकारी चन्दका अनुसार उच्च अदालतका न्यायाधिशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासबाट जिल्लाले पुरपक्षका लागि जेल चलान गरेका मधु भनिने रुक्मा पाललाई साधारण तारेखमा रिहा गरेको छ । भने अन्य व्यक्तिको हकमा जिल्लाकै आदेश सदर गरेको छ । मृतक पक्षले संलग्नहरुलाई थुनेर कार्बाही सजाय र संलग्न पक्षले रिहाईको माग अघि सारेर मुद्दा पुनरावेदन गरेका थिए । मृतक पक्षले भने मानिसको हत्या गर्दा समेत जिल्लाले न्याय दिएपनि उच्चबाट न्याय नपाएको दुखेसो पोखेका छन । मृतकका भाई केशव बोहराले जिल्लाले न्याय दिएपनि उच्चको आदेशबाट दुखित दुल्याएको बताए ।

‘दाईका हत्यारालाई साधारण तारेखमा छाड्दा हामीले न्याय नपाउने चिन्ता बढेर गएको छ, ‘उनले भने, ‘जिल्लाले न्याय दियो, उच्चले खोसिदियो ।’ भीमदत्त स्मृतिका पुर्व शिक्षक बोहरालाई २० असारमा छिमेकी प्रकास पाल समुहले आफ्नै मदिरा पसलमा कुटपिट गरेका थिए । कुटपिटबाट घाईते पालको दोस्रो दिन बिहान मृत्यु भएको थियो । मृतक बोहरा परिवारले प्रकास पाल सहित उनका बाबु हंस पाल, आमा मधु भनिने रुक्मा पाल, गोमती पाल(खडका), लाल बहादुर बोहरा बिरुद्धमा कर्तज्य ज्यान अन्र्तरगत किटानी दिएको थियो । मृतक बोहरा परिवारको किटानीका आधारमा प्रहरीले प्रकास पाल सहित पाँचै जना बिरुद्धमा ज्यान कसुरमा मुद्दा चलाएको थियो । घटनाको झण्डै एक महिनामै आदालत पुगेको उक्त मुद्दामा पाँच जना मध्ये दुई जना धरौटीमा रिहा भएका छन । भने तीन जना पुरपक्षका लागि जेल चलान भएका थिए । त्यसको तीन सातापछि उच्चले पुरपक्षका लागि जेलमा रहेकी रुक्मा पाललाई साधारण तारेखमा रिहा गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरका अनुसार बोहरा हत्या प्रकरणमा हंस पालले २ लाख ५० हजार र गोमती पालले ५० हजार धरौटी तिरेर रिहा भएका छन । (मृतक) पीडित पक्षले मुलुकी फौजदारी संहिता ०७४ को १७७(१)को उपदफा (२) बमोजिम सजायको माग दावि गरेको थियो । गत साउनमा गाँउमा कुटपिट गरेर पाल समुहले गरिब जनताको हत्या गर्दा समेत राजनीतिक चलखेल गरेर बचाउन खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । धरौटी तिरेर रिहा भएर घर गएका प्रकास पालका बाबुले शनिबार पसल खोल्दा मृतक बोहराकी आमा मानमती देवी बोहरा सहितका स्थानीयले आदालतबाट मुद्दाको टुङ्गो नलाग्दै फेरी मदिरा पसल खोलेर कुनै गरिब जनताको हत्या गर्न खोजिएको भन्दै पसल घेराउ गर्दै बिरोधमा उत्रिएका थिए । मृतका भाई केशव बोहराले आदालतले धारौटीमा रिहा गरेका हंसराजले गाँउमा आएर पसल खोल्दै पुन घटना घटाउन सक्ने भन्दै पीडित पक्षको काचो घाउमा नुन छर्किने काम भएकाले बिरोध गरिएको बताए ।
स्थानीय एव गाँउका अगुवा किशन खडकाले गणेशको हत्याले गाँउमा संन्नटा छाएका बेला पीडक पक्षले धरौटीमा रिहा भएको भन्दै एक्कासी आएर पुन पसल संचालन गरेको कामबाट मृतक, छरछिमेक एव गाँउले आक्रोसित भएको बताए । ‘जनता गणेशको हत्यापछि पाल परिवारप्रति आक्रोसित छन, ‘उनले भने, ‘विगतमा पालले घाँस खुवाउनेदेखि क्षतिपूर्ति तिराएको रिसिईबी मेटिएको छैन ।’ खल्लामछेट्टीमा पुर्व शिक्षक बोहराको हत्याकाण्डले गाँउका नागरिक अझै त्रसित र आक्रोसित भएका छन । दोषिलाई उन्मुक्ति दिने षड्यन्त्र भए पिडित पक्षले फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन ।






