किन ल्याइन्छ पटक पटक प्रदेश सरकारलाई विवादमा


धिरेन्द्र सिह धामी/कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पटक पटक प्रदेश सरकारलाई विवादमा ल्याउन खोजीएको बताएका छन् । प्रदेश सरकारले हिजोका दिनहरुमा विभिन्न क्षेत्रमा एम्बुलेन्स बाड्दा होस त अहिले बदलिदो सत्ता समिकरण जहा पनि प्रदेश सरकारलाई विवादमा ल्याई काम गर्न नदिने अल्झाउने र दिग्भ्रमित गर्ने काम भैरहेको बताउनु भएको छ । निजि स्वार्थ र पुर्वाआग्रही ढङ्गले केहि व्यक्तिहरु सरकारलाई विवादमा ल्याउन लागीपरेका समेत उहाले वताउनु भएको छ ।

केन्द्रमा बदलिदो सत्ता समिकरणलाई लिएर केहि व्यक्तिहरु पटक पटक मुख्यमन्त्रि बदलिने झुटा समचार लेख्दै आएका भन्दै तिनलाई लोकतान्त्रिक पद्ददतिबाट जवाफ दिन विश्वासको मत लिएको र त्यसै गरी एमाले विभाजन सँगै फेरी केहि व्यक्तिहरु मुख्यमन्त्रि परिवर्तन हून्छ भनि झुटा तथ्यहिन समाचार सम्प्रसण गरीरहेका उहाले बताउनु भएको छ । केन्द्रमा सत्ता समिकरण बदलिएपनि सकेसम्म प्रदेश सरकारमा अहिलेकै गठबन्धनले निरन्तरता पाउने र केहि गरी गठबन्धन बदल्नु परेमा केहि व्यत्तिहरु हेरफेर हुने तर नेतृत्व नबदलिने समेत उहाले वताउनू भएको छ ।

शिर्षत्व नेतृत्वमाझ प्रदेश सरकारमा मुख्यमन्त्रि बदलिने विषयमा छलफल समेत नभई तथ्यहिन समाचार सम्प्रशण गर्नू कतिको जायज छ । यसरी झुता प्रमाणहिन र पुर्वाआग्रहि ढङ्गले समाचार सम्प्रशण गर्ने प्रवृतिले सिङ्गो पत्रकारीता माथि प्रश्न चिन्ह खडा गरेको र जनता माझ भ्रम पैदा गर्ने काम गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img