कञ्चनपुरको बेदकोट नगरपालिकामा पनि २०७४ सालमा नेकपा एमाले सुर्य चिन्हबाट निर्वाचित कार्यपालिका सदस्य एवम् वडा सदस्यहरु समेत नेकपा एमालेलाई साथ दिने भएका छन् ।


बिहिबार नगर प्रमुख अशोक कुमार चन्दले एमालेबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बोलाई १० बुदे कार्यान्वयन गर्न अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । नगर प्रमुख चन्दले राखेको धारणामा सम्पूर्ण पदाधिकारीहरुले एक ढिक्का भएर अगाडी बढ्नेमा समेत प्रतिबद्धता जनाएका छन् । उक्त निर्णय स्वागतयोग्य रहेको भन्दै एक ढिक्का भएर अगाडी बढ्न सम्पूर्ण पदाधिकारीहरु सहमत भएका हुन् । नगर प्रमुख चन्दले अभिभावकको भुमिका निभाउदै सबै निर्वाचित वडा सदस्य र कार्यपालिका वडा सदस्य एकै ठाउँमा बस्ने र एक ढिक्का भैई जाने निर्यण गरेको छ ।








