स्थानिय बिपद् ब्यवस्थापन समितीलाई मानविय नेतृत्व सम्बन्धी एक दिने तालिम

दोधारा : निड्स कञ्चनपुर र अक्सफाम नेपालको आयोजनामा दोधारा चाँदनीमा स्थानिय बिपद् ब्यवस्थापन समितीलाई एक दिने स्थानिय मानविय नेतृत्व सम्बन्धी तालिम सम्पन्न गरेको छ् । दोधारा चा“दनी नगरपालिकामा रहेको १० वटा स्थानिय बिपद् ब्यवस्थापन समितिका प्रतिनिधीहरुलाई समेटेर निड्स नेपाल कञ्चनपुर र अक्सफाम नेपालले एक दिने स्थानिय मानविय नेतृत्व सम्बन्धी तालिम सम्पन्न गरेको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी भावना जोशी (बोग्टी) ले जानकारी दिएका छन् ।

No description available.

विपद्ले सामाजिक तथा आर्थिक विकासमा प्रमुख बाधक बनेर अवरोध गरिरहेको बेला दोधारा चाँदनी नगरपालिकामा स्थानिय बिपद् ब्यवस्थापन समितिलाई एक दिने बिपद व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । स्थानिय बिपद् ब्यवस्थापन समिती मातहतमा बिपद् कार्य दल रहेको छ् । उक्त कार्य दलमा स्थानिय बिपद् ब्यवस्थापन समिती समेत समाबेस भएका छन् । दोधारा चाँदनी नगरपालिकामा वर्षेनी समस्याकोरुपमा देखा पर्दै आएको बाढीको प्रभावले महाकाली नदी र जगबुडा नदीका तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरु ठुलो मात्रँमा धनजन तथा मानविय नोक्सानी गर्दै आएको छ् ।

साथै महामारी, चट्याङ, हुरीबतास र आगलागी बिपत्तीलाई नियन्त्रण गर्न स्थानिय स्तरमा गठित स्थानिय बिपद् ब्यवस्थापन समिति तथा मातहतामा रहेका बिपद् कार्य दलको अहम भुमिका रहने हुदा उनिहरुलाई प्राबिधिक ज्ञान तथा बिपद्को बेला चाहिने उद्धारका सामग्री निड्स नेपाल कञ्चनपुरले उपलब्ध गराउदै आएको छ् । बिपद् आईपरेको अवस्थामा स्थानिय बिपद् ब्यवस्थापन समिति तथा कार्य दलले गर्नु पर्ने कार्यको बारेमा प्रशिक्षण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा बिशेषत ः बाढी र हावारीहुरीको कारण धेरै धनजनको नोक्सानी हुदै आएको कारण बिपद्को बेला दोधारा चाँदनी नगरपालिकामा गठित स्थानिय बिपद् ब्यवस्थापन समिति तथा मातहतका कार्य दल तत्कालै घट्ना स्थलमा पुगेर गर्नु कार्यको बारेमा तालिममा सहभागीलाई प्रशिक्षण गरिएको निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्यायले बताएका छन् ।

तालिमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादर सिजाली, निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्याय्, सिता परियार, भावना जोशी (बोग्टी), एनसिआरसीका दिनेश चन्द्र जोशी उपस्थित रहेका थिए । विपद् पूर्व गर्नु पर्ने तयारी र विपद् पछि गर्नु पर्ने कामका लागि नगर भित्र स्थानिय बिपद् ब्यवस्थापन गठन गरिएको हो । विपद्को बेला सम्भावित जोखिम न्यूनीकरणको लागि निड्स नेपाले बिभिन्न संघ–संस्था संग समन्वय गरि तालिम र उद्दार सामाग्री उपलब्ध गराउदै आएको कार्यक्रममा बताईएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds