विद्यार्थी नेता गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित

कञ्चनपुर: बिहिवार विद्यार्थी नेता कैलाशचन्द्र गिरी खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय अन्र्तरगतको सुदूरपश्चिम खेलकुद परिषद्ले विद्यार्थी नेता गिरीलाई खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित गरेको हो । सुदूरपश्चिम खेलकुद परिषद्ले चार बर्षका लागि गिरीलाई खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्षमा मनोनित गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरको उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता गिरीले विगत एक दशकदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । विद्यार्थी राजनीतिसंगै स्नाकोत्तर गरेका विद्यार्थी नेता गिरीले कञ्चनपुरको शैक्षिक विकास एव विद्यार्थीको हक हितका लागि संघर्ष गरेर चर्चा कमाएका थिए । उनले जसरी विद्यार्थीको हकहितका लागि गरेको स्मरण गर्दै त्यसरी नै खेलकुद संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

उपाध्यक्षमा जसरी सुदूरपश्चिम खेलकुद विकास परिषदले आफुलाई विश्वास गरेर पदाधिकारी नियुक्ती गरेको भन्दै विश्वास र अभिभारा पुरा गर्ने उद्घोष गरेका छन । यसरी जिल्ला खेलकुद समितिमा मनोनीत कोषाध्यक्ष सदस्यहरु क्रमशः सुरेन्द्र शाही, दुर्गा भट्ट, कुबेर खड्का , धन बहादुर महता, सुरत साउद , बिष्णु जैशी फुलकुमारी राना मनोनीत गरिएका छन् । भने जिल्ला अध्यक्ष पहिले नै ओम बहादुर बस्नेत चयन भएका हुन।

ताजा समाचार

This will close in 10 seconds