महिला जनप्रतिनिधीलाई नेतृत्व विकास तालिम

कञ्चनपुर: कञ्चनपुरका महिला जनप्रतिनिधीलाई नेतृत्व विकास तालिम दिईएको छ । मानव अधिकारका लागि एकल महिला समुहले कञ्चनपुरका महिला जनप्रतिनिधीलाई नेतृत्व विकास तालिम दिईएको हो । आइतबारदेखि भीमदत्त नगरपालिकामा नेतृत्व विकास तथा क्षमता विकास तालिम संचालन भएको छ । सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडका, राज्यमन्त्री मान बहादुर सुनार पुर्व राज्यमन्त्री प्रंकास रावलले संयुक्त उद्घाटन गर्दै तालिमबाट महिलाको थप नेतृत्व एव क्षमता विकास हुने अपेक्षा राख्दै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्यनमा जोडदिए ।

मानव अधिकारका लागि एकल महिला समुहले कञ्चनपुरका सचिव रमा उपाध्यायले कार्यक्रम संचालन गर्दै स्थानीय तहका महिला जनप्रतिनिधीको क्षमता विकास गर्दै विकास निर्माण दिगो बनाउने लक्ष्य रहेको बताईन् । सचिव उपाध्यायका अनुसार ‘नेपालमा सीमान्तकृत महिलाको आवाज र सहभागिता’ कार्यक्रम मार्फत कञ्चनपुरका महिला जनप्रतिनिधीको क्षमता अभिबृद्धि तालिम संचालन गरिएको बताईन् । मानव अधिकारका लागि एकल महिला समुहका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, पुर्वमन्त्री, प्रदेश ससस्य सहित जनप्रतिनिधीको सहभागिता रहेको थियो । तीन दिनसम्म संचालन हुनेछ ।

ताजा समाचार

This will close in 10 seconds