तेस्रो तहरको कोरोना नियन्त्रणको पूर्व तयारीमा महाकाली अस्पताल बाल चिकित्सा कोडिभ अस्पताल निर्माण हुँदै


कञ्चनपुर: तेस्रो लहरको कोरोना महामारीको नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पतालले पुर्व तयारी थालेको छ । महाकाली अस्पतालले चालु आर्थिक बर्ष २०७८/०७९ मा बाल चिकित्सा कोडिभ अस्पताल निर्माण गर्न लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आईसोलेशन भवन निर्माण गर्न लागेको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) तेस्रो चरणमा आँउनसक्ने महामारी नियन्त्रणको पूर्व तयारीका लागि शिशु, बालवालिका उपचारका लागि भवन निर्माण भईरहेको बताए । ५० बेडको बाल चिकित्सा कोडिभ अस्पताल संचालन हुने अध्यक्ष जोशीले बताए ।
No description available.
‘हामीले तेस्रो चरणमा आउनसक्ने महामारी नियन्त्रणका लागि तयारी थालिसकेका छौँ, ‘अध्यक्ष जोशीले भने, ‘एकातिर अक्सिजन प्लान्टको पनि काम भईरहेको छ, अर्कातिर बालबालिकाका लागि कोडिभ अस्पताल निर्माणमा जुटेका छौँ, त्यही अनुरुप जनशक्ति व्यवस्थापन समेत भईरहेको छ ।’ छुट्टै भवन निर्माणसंगै कोरोना संक्रमित बालबालिकाको उपचारका लागि सहज हुने अध्यक्ष जोशीको भनाई छ । झण्डै ९० लाखमा जेभी निर्माण सेवाले ५ असोजभित्रै भवन निर्माण गरिसक्ने सम्झौता गरेको छ । सम्झौता अनुरुप समयमै काम सक्ने समेत अस्पताल एव प्रदेश सरकारले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । निर्माण व्यवसायीले काम शुरु गरिसकेको छ । आइतबार एक कार्यक्तमका विच बाल चिकित्सा कोडिभ अस्पतालको शिलान्यास गर्दै समाजिक विकास मन्त्री लाल बहादुर खडकाले तेस्रो चरणमा देखिन सक्ने कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले पूर्व तयारी थालेको बताए ।
No description available.
‘कञ्चनपुर कैलालीमा होल्डिङ्ग सेन्टर निर्माणमा जुटेका छौँ, ‘मन्त्री खडकाले भने, ‘अब तेस्रो चरणमा कोरोना नियन्त्रण गछौँ ।’ प्रदेशमा स्वास्थ्य नीति बनाएरै महाकाली सेती अस्पताललाई जोडेर एकेडेमी समेत बताए । पहिलो चरणको कोरोनामा सबै क्षेत्र लागेर पुर्व तयारी एव सर्तकता हुँदा प्रदेशका ५८ जना नागरिकले मात्रै ज्यान गुमाएको बताउँदै मन्त्री खडकाले दोस्रो चरणमा कम तयारी हुँदा ५ सय २० र तेस्रो चरणमा समेत पुर्व तयारी नहुँदा भयाभह हुने भएकाले प्रदेश सरकारले सीमावर्ती जिल्ला सहित प्रदेशभरी तयारी थालेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री मान बहादुर सुनारले कोरोना महामारी नियन्त्रण सहित अन्य रोगको उपचारका लागि महाकाली अस्पतालको स्तरबृद्धिको विकल्प नभएको बताउदै आफ्नो तर्फबाट पूर्ण पहल गर्ने बताए ।
No description available.
‘यो महाकाली अस्पताल मेरै निर्वाचन क्षेत्रमा पर्छ, ‘उनले भने, ‘अस्पालको विकासमा आवश्यक पहल गर्छु ।’ प्रदेशका पुर्व राज्यमन्त्री प्रकास रावलले गुरु योजना बनाएर अस्पताललाई थप स्तरिय बनाउनुपर्नेमा जोडदिए । तेस्रो लहरमा आउँन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक भौतिक पूर्वाधार, संरचना, उपकरण एव जनशक्ति व्यवस्थापन गर्न समेत नागरिक समाज कञ्चनपुरका अगुवा लिलाध्यज बस्नेतको सुझाव छ । यस अघि पनि प्रदेश सरकारबाट महाकाली अस्पतालमा ५० वेडको आईसोलेशन भवन निर्माण गरिएको थियो । पहिलो लहरमा कोरोना देखिएका बेला महाकाली अस्पतालमा मृत्यु सुन्य भएपनि दोस्रो लहरमा सय भन्दा बढिले महाकाली अस्पतालमा ज्यान गुमाएका थिए । तेस्रो चरणमा मृत्यु सुन्यमै झार्ने अस्पतालले जनाएको छ ।

Loading Viewer...

ताजा समाचार

spot_img