शिक्षक संघ आन्दोलनमा संगठन कार्यान्वयनको पक्षमा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले अढाई दशकपछि दरबन्दी मिलान गरेको छ । शिक्षक दरबन्दी मिलान बिरुद्धमा सत्ताधारी काँग्रेस निकट नेपाल शिक्षक संघ आन्दोलित भएको छ । भने एमाले, माओवादी र नेकपा विप्लव निकट तीन शिक्षक संगठनशिक्षक संघले दरबन्दी मिलान नीति, विधि, बिपरित भएको आरोप लगाउँदै दुई सातादेखि आन्दोलनमा उत्रिएको हो । संघमा आबद्ध शिक्षकले दरबन्दी मिलानको नाममा आफन्त मिलान भएको, केही सीमित व्यक्तिलाई प्रअ बनाउने चलखेल भएको आरोप लगाउँदै ३ साउनदेखि आन्दोलनमा उत्रिएका छन ।
साउन पहिलो साता शिक्षक संघले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएको थियो । शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । तीन सातादेखि तालाबन्दी जारी नै ।तर, शिक्षक संघले फेरी सोमबारदेखि रिले अनसन शुरु गरेको छ । शिक्षा शाखामा तालाबन्दीका कारण कर्मचारी अन्यन्त्र शाखामा बस्नुपर्ने बाध्यता र कामकाज समेत प्रभावित भएको छ ।

तीन शिक्षक संगठनले भीमदत्त नगरपालिकाले गरेको दरबन्दी मिलानलाई कार्यान्वयनको माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन । एमाले, माओवादी र नेकपा(विप्लव) निकट तीन शिक्षक संगठनले ६ बुदे माग अघि सारेर मंगलबार भीमदत्त नगरका ज्ञापन पत्र बुझाएका हुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य प्रमानन्द नाथले भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान विधि, प्रकृया अनुरुप भएकाले सामुदायिक विद्यालययको शैक्षिक बृद्धि विकासका लागि मिलान गरिएको निर्णय कार्यान्वयनको माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए । नाथका अनुसार तीन शिक्षक संगठनले भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलाई ज्ञापन पत्र बुझाईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले संयुक्त ज्ञापन पत्र बुझाएका हुन । दरबन्दी मिलान गर्ने कार्य निर्देशिका, प्रचलित कानुन कार्यविधि र स्थानीय आवश्यकता औचित्यका आधारमा भएकाले दरबन्दी मिलान नियमित हुनुपर्ने, न्यूनतम शिक्षक दरबन्दी अनिवार्य गर्नुपर्ने, समुदायिक विद्यालयमा स्वीकृत दरबन्दी प्रदान गरि विद्यालयलाई स्वीकृत गरिनुपर्ने, भीमदत्त नगरपालिकाले दरबन्दी मिलान ऐतिहासिक साहसिक एव स्वागत योग्य भएकाले यसलाई अबिलम्म कार्बाहीको माग अघि सारिएको हो ।

सबै शिक्षक स्थायी, अस्थायी, करार, राहत, शिक्षण सिकाई अनुदान तथा निजी स्रोतप्रति समान व्यवहारमा जोड दिईएको छ । बाल विकास एव विद्यालय कर्मचारीलाई सघंीय सरकारले तोकेको सेवा सुविधाको उचित व्यवस्थापन गर्न मसेत माग अघि सारेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष भान सिह साउद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिव बिरेन्द्र प्रशाद भट्ट र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोपाल दत्त जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा दरबन्दी मिलानबाट शैक्षिक सुधार हुने अपेक्षा गरेका छन । शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष मदन बहादुर विष्टले दरबन्दी मिलान भन्दा पनि व्यक्ति मिलान भएको भन्दै असहमती जनाए । ‘यहाँ शिक्षकको दरबन्दी मिलान भएको छैन, ‘उनले भने, ‘केही व्यक्ति आफन्तको मिलान भयो, हामी मारमा प¥यौँ ।’ निरन्तर तीन सातादेखि शिक्षक संघ आन्दोलनमा हुँदा समेत संचार क्षेत्र सहित विभिन्न निकायबाट सहयोग नपाईएको उनको दुखेसो छ ।

नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिह धामीले नगर शिक्षा समितिले दरबन्दी मिलानका नाममा छानिछानी व्यक्ति मिलान गरेको आरोप लगाए । ‘उच्च स्तरिय शिक्षा सुधार कार्यदलले दिएको सुझाव, प्रतिवेदन, दरबन्दी मिलान निर्देशिका र कार्यबिधी विपरित दरबन्दी मिलान भयो,‘उनले भने, ‘विधि बिरुद्धमा भएको काममा संघलाई कदापी स्वीकार्य भएन, त्यही भएर हामी आन्दोलित भएका हौँ ।’ तीन साता नियमित आन्दोलनमा होमिदा समेत सम्बन्धीत निकायबाट वार्ताका लागि पहल समेत नभएको उनको भनाई छ । ‘हाम्रो जायज माग डाईभट गर्नका लागि अनेकन षड्यन्त्र भईरहेका छन, ‘उनले भने, ‘हामी विधि विपरित भएको कामको बिरोध गर्न गल्ती सच्याउनका लागि नगरपालिकासंग अनुरोध गछौँ ।’ शिक्षक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले दरबन्दी मिलान बारे बनाएको निर्देशिका, कार्यबिधी मिच्दै नगरपालिकाले मिलान गरेको आरोप लगाए । ‘हामी विधि प्रकृयाको बिरोधमा छौँ, ‘उनले भने, ‘यहाँ मेरै नाम र म पढाउने विद्यालयको नामबाट गलत प्रचार गरिदैछ, ‘उनले भने, ‘त्यो कदाचित होईन ।’ दरबन्दी मिलान कार्यविधी ०७६ र नगरपालिकाकै उच्च स्तरिय शिक्षा सुधार समितिले दिएको प्रतिवेदन बिरुद्धमा दरबन्दी मिलान भएको उनको दावि छ ।

भीमदत्त नगरपालिकाले दरबन्दी मिलान कार्यविधि, नियम अनुरुप भएको जनाएको छ । दरबन्दी मिलानमा केही विगतदेखि तह कम भएका शिक्षकले प्रअ भएर हैकम चलाउँदै आएको अहिले दरबन्दी मिलाउन हुँदा प्रअ पद गुमेपछि असन्तृष्टता प्रकट गर्दै आन्दोलनमा उत्रिएको आँलकन गरेको छ । अढाई दशकदेखि जगल्टीएको दरबन्दी मिलान समस्या नगरपालिकाले कार्यविधि अनुरुप गर्दा केही शिक्षक व्यक्ति आन्दोलित भएको भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले बताए । प्रवक्ता चन्दका अनुसार संघ सरकारले बाध्यकारी निर्देशन अनुरुप नगरपालिकाले विधि अनुरुप दरबन्दी मिलान गरेको बताए । ‘हामीले कार्यविधि, उच्च स्तरिय शैक्षिक सुधार कार्यदलको प्रतिवेदन अनुरुपै दरबन्दी मिलान गरेका छौँ, ‘प्रवक्ता चन्दले भने, ‘दरबन्दी मिलानमा कुनै शिक्षकले असहमती जनाएर आन्दोलित भएको विषयमा हामी के भन्छौँ, सरकारले खटाएको विद्यालयमा गएर कर्तव्य पुरा गर्ने कि ?आन्दोलन गरेर राजनीति गर्ने ।’ उनले कोरोनाले थलिएका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चासो दिएर आन्दोलन छाडेर काम गर्न समेत आग्रह गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds