दोधाराचाँदनी नगरपालिकामा बोरिङ्गका योजनामा अनियमितता भएको भन्दै सुचना माग माग

कञ्चनपुर: गत बर्षका सडक कालोपत्रेका योजना सम्पन्न नहुँदै भुक्तानी दिएको प्रकरण पछि कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सिँचाईका लागि ठोकिएका बोरिङ्गका योजनामा चरम अनियमितता भएको भन्दै स्थानीयले नगरपालिकासंग सूचना माग गरिरहेका छन । स्थानीय अगुवाहरुले गत आर्थिक बर्ष २०७७/०७८ मा स्थानीय, प्रदेश र पालिकाबाट संचालित सिँचाईका योजनाको सूचना माग गरेर ज्ञापन पत्र बुझाईरहेका छन । स्थानीय अगुवा समाजसेवि समेत रहेका भीम कुमाल, संचारकर्मी पप्पु गुरुङ्ग, स्थानीय बिर रावत, लक्ष्मी चन्द, जीवन धामी रमेश चन्दले नगरका १० वटै वडा, पालिकामा, योजना शाखामा सूचना माग गरेका हुन ।

स्थानीय अगुवा एव समाजसेवि भीम कुमालले जसरी योजना सम्पन्न नहुँदै भुक्तानी दिईयो, यो सरासर आर्थिक अपराध जस्तै सिँचाईका लागि बोरिङ्गमा समेत चरम अनियमितता भएको दुखेसो जनगुनासो आएकाले आफुहरुले पहिलो चरणमा सूचना माग गरेको बताए । ‘हामीले प्रकृया अनुरुप हरेक वडा र पालिकामा सूचना माग गरेका छौँ, ‘उनले भने, ‘वडा र पालिकाबाट आएको सूचनाका आधारमा अनुगमन गछौँ ।’ जनप्रतिनिधीले आफन्त, नातावाद, कृपावाद र कर्मचारीले घुस लिएर जसको घरमा बोरिङ्ग छ, त्यसैलाई फेरी बोरिङ्ग दिएको गुनासो आएसंगै यस विषयमा बिरोधका लागि बिरोध गर्नुभन्दा आँखिर के रहेछ भनेर सत्यतथ्य विषयमा पुग्नका लागि सूचना माग गरिएको बताए । दोधाराचाँदनी नगरपालिका विभिन्न योजनाको प्रकृति हेरेर कमिसन लिएका कारण सम्पन्न भएका योजना भत्किदै केही योजना गुणस्तरहिन भएको भन्दै नागरिकबाट बिरोध आईरहेको छ ।

स्थानीयले अख्तियारले समेत संचारमाध्यममा आएका योजनाको मात्रै अनुगमन गरेको भन्दै १० वटै वडामा चरम आर्थिक बेथिति भएकाले सबै योजनालेको स्थलगत अनुगमनमा जोडदिएका छन । दोधाराचाँदनीका प्रवक्ता समेत रहेका ६का वडाध्यक्ष दिल बहादुर सिजालीले सिँचाईका योजनाको विवरण माग गरिएको बताए । ‘उहाँहरुले सबै वडा, कार्यालयबाट सूचना माग गरिरहेका छन, ‘उनले भने, ‘हामीले आ–आफ्नो वडामा भएका सिँचाईका योजनाको विवरण दिन्छौँ ।’ योजनाबारे सूचना माग गर्ने कार्य सूचनाको हकको राम्रो अभ्यास भएको केही कर्मचारीको भनाईछ । कर्मचारी स्रोतका अनुसार कमिसनकै कारण योजना फितलो, टुक्र्रे, अधुरो तथा सम्पन्न नहुँदै भुक्तानीका लागि उत्साहित हुने गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds