भीमदत्तमा ३६ हजार जनालाई कोरोना खोप लगाईयो

भीमदत्त : कञ्चनपुरको भीमदत्त नगरपालिकामा करिब ३६ हजार नगरवासीलाई कोरोना खोप लगाएको छ । नगरपालिकाले स्वास्थ्य कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ३५ हजार नौ सय ८६ जनालाई कोरोना खोप लगाएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पहिलो, दोस्रो चरण र जोनसन गरि नगरवासीलाई कोरोना खोप लगाईएको बताउनु भयो ।
उनका अनुसार पहिलो चरणमा २५ हजार आठ सय ५३, दोस्रो चरणमा तीन हजार सात सय २१ र जोनसन भ्याक्सीन छ हजार चार सय १५ जनालाई लगाईएको छ । हालसम्म खोप पाएकामा १७ हजार नौ सय ५७ पुरुष र १८ हजार २९ जना महिलाले कोरोना खोप दिईएको नगरपापलिकाले जनाएको छ । नगरपालिकाले संघिय सरकारसँग सम्पुर्ण नगरवासीकालाई खोप दिन पहल गरिरहेको छ । नगरपालिकाले आफै खोप खरिद गरि नगरवासिलाई लगाउन संघिय सरकारसँग अनुमति समेत माग गरेको छ ।

ताजा समाचार