कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ रैकवार विचुवा झोलुङ्गे पुल क्षेत्रमा रहेको पार्वती चौधरीको पसल व्यक्तिगत रिसिईबीले तोडफोड गरिएको छ ।

सोमबार दिउँसो रुपलाल चौधरी समुहले पार्वतीको पसल तोडफोड गरेका हुन । पार्वती चौधरीले सडक छेउमा रहेको पसलमा तोडफोड गरिदिएको बताए । नर्सरीमा परेको भन्दै रुपलाल चौधरीले वनका मान्छे बोलाएर पसल तोडफोड गरिदिएको बताईन ।

पसलबाट दैनिक गुजारा चलाउँदै आएकी पार्वतीको पसल तोडिदिएपछि उनलाई समस्या भएको छ । उनले पूर्व सूचना एव बिना जानकारी एक्कासी आएर पसल तोडिदिएको बताईन ।

