लागुऔषध सहित दोधारा चाँदनीमा युवक पक्राउ

दोधारा : दोधारा चाँदनीमा लागुऔषध सहित एक युवकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ शान्तीटोल निवासी वर्ष अन्ताजी ३२ को बिर बहादुर डाँगीलाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले आज ४ बजे चेकजाँचको क्रममा ५ सय ग्राम चरेश जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ् ।

बिर बहादुर डाँगीले प्रयोग गरेको युके ०६ भि ९८७७ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिईएको बताईएको छ् । बिर बहादुर डाँगीलाई बरामद पदार्थ सहित अनुसन्धान अघि बढाईएको छ् ।

 

ताजा समाचार