एनआरएनए साउदीको अध्यक्षमा यादब विजयी

पदम महता/दम्माम : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको आगामी (२०२१-२३) कार्यकालका लागि भएको निर्वाचनमा डमर कुमार यादब विजयी भएको छ । यादवले अर्का उम्मेदवार रोशन श्रेष्ठले २४ मत प्राप्त गर्दा २२५ मत प्राप्त गरि विजयी भएका छन् ।

जम्मा खसेको मत ३७६ मा ९ बदर र ११८ मत अनधिकृत फोन नम्बर र ईमेल तथा समय सकेपछि प्राप्त भएको निर्वाचन समितिले जानकारी दिएको छ। नव निर्वाचित अध्यक्ष यादब साउदीमा दुई दर्शक देखि कार्यरत रहेका छन्। सन् २००८ बाट एनअरएनए साउदीमा आवद्ध सिरहाका यादव निबर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार हुन्। निर्वाचन समितिले मतदाता नामवली प्रकाशित गरेपछि साउदी एनआरएनए विवादमा परेको थियो।

ताजा समाचार

This will close in 10 seconds