सानिमा लाइफ इन्सुरेन्स धनगढी द्वारा मृतु दाबि भुक्तानी

धनगढी : सानिमा लाइफ इन्सुरेन्स ली. क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बिमित स्व. कृष्ण सिंह साउद को छोरा हरिश सिंह साउद लाई मृत्यु दाबी भुक्तानी बाफत ६ लाख १२ बाह्र हजार निज कै घर धनगढी ०३, मा गइ हस्तान्तरण गरेको छ। स्व. बिमित ले मिति २०७७/११/२७ गते रु ३ लाख को जिबन बिमा बाफत रु २१२०९ बिमा शुल्क कम्पनी मा बुझायका थिैए । निज को बिमा गरेको १८ दिनमै भारत को चम्पावत मा मजदुरी गर्ने क्रममा मृत्यु भएको थियो लामो लकडाउनका कारण दाबिकर्ताले भारत बाट आवश्यक कागजात ढिलो गरि मिति २०७८/०३/१७ मा मात्र कम्पनीमा बुझायका थिए ।

जिबन बिमा को मेरुदण्ड चाडो मृतु दाबि भुक्तानी भएकोले कम्पनीले छिटो छरितो मृतु दाबि भुक्तानी गर्ने गरेको कम्पनीका सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती ले जानकारी गर्नु भयो। सानिमा लाइफ बिमित लाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपाल को अग्रनी कम्पनी भएको धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह ले जानकारी गराउनु भयो। सो दाबी भुक्तानी कार्यक्रम मा मृतक को श्रीमती चन्चला देवी साउद, बजार प्रतिनिधि बिद्या सिंह एजेन्सी मेनेजर बिरेन्द्र सिंह चाड र शिब बहादुर चन्द को उपस्थिति रहेको थियो।स्वर्गीय बिमित कि पत्नी ले सानिमा लाइफ इन्सुरेन्स मेरो बुढेस कालको सहारा भयको भन्दै सबैले जिबन बिमा गर्नु अति आवश्यक रहेको बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds