लालझाडी गाउपालिकाद्वारा स्थानिय पाठ्यक्रम निर्माण एवम सर्पदंश सम्बन्धी कार्याशाला सम्पन्न

भोज राज भट्ट/लालझाँडी
लालझाडी गाउपालिकाले आफ्नो १० बर्से सिक्षा क्षेत्र योजना तयार पारेको छ । सोही अवसरमा सर्पदंश सम्बन्धी विशेष जनचेतनामुलक कार्यक्रम २०७८/०३/२५ गते वडा न. २ को वडा कार्यालय सङ्करपुर मा सम्पन्न भएको छ ।
लालझाडी गाँउपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष मदन सेन बडायक ले दस बर्से कार्ययोजना निर्माण ले गाउपालिका को सिक्षा क्षेत्र लाई दिगो र प्रभावकारी बनाउने र बहुप्रतिभावान दक्ष जनसक्ती उत्पादन गर्न सकिने कुरा औल्याउँदै गाउपालिका क्षेत्रमा प्राकृतिक बिपद सङ्ग जुध्न एवम शैक्षिक गुणस्तर उकास्न यसले उल्लेख्य भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास समितिका संयोजक हेमराज रानाले सर्पदंस सम्बन्धी कार्यक्रम यश मौसमको लागि अति नै सान्दर्भिक भएको एवम यस्ता बिपदजन्य कुरा बिद्यालय शीक्षामा समाबेस गर्ने कुरामा जोड दिनुभयो । मुख्य प्रशिक्षक याम बहादुर रावत ले सर्प उद्दार , बिसालु एवम अबिसालु सर्पको पहिचान, सर्प ले टोकिहालेपछी गरिने तत्कालिन उपचार का कुराहरुको बारेमा सहभागिहरुलाइ जानकारी गराउनुभएको थियो ।सरस्वती मा.वि. छोटी पर्सिया का प्रधानाध्यापक घनराम चौधरीले आफुले सिकेको ज्ञान विद्यालयमा विद्यार्र्थी लाई सिकाउने एवम विद्यार्र्थी मार्फत नै समाजलाइ सर्पको फाइदा एवम उद्दार सम्बन्धी ज्ञान दिनुपर्ने कुरा मा जोड दिदै यस कार्यक्रमले सबैमा एउटा नयाँ बिषय बस्तुको जानकारी गराएको र निकै नै प्रभावकारी भएको बताउनुभयो ।

सर्प को आकार प्रकार, जिबनशैली, यसका फाइदा , उपचार प्रक्रीया एवम उद्दार सम्बन्धी प्रशिक्षण कार्यक्रम निकै नै लाभदायक रहेको र आगामी दिनमा यस्ता बिपदजन्य कुरालाइ अझ फराकिलो बनाइ विद्यार्थीमाँझ लैजानको लागि दस बर्से कार्ययोजना र स्थानिय पाठ्यक्रममा समेत समाबेस गरिने गाँउपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट ले जानकारी दिनुभयो । सामाजिक बिकास शाखा संयोजक हेमराज रानाको अध्यक्षतामा भएको कार्यक्रममा मदन सेन बडायक को प्रमुख प्रमुख अतिथी रहनुभएको थियो भने प्रमुख प्रसासकिय अधिकृत महेन्द्र सिह रावल सिक्षा शाखा प्रमुख सिद्दराज भट्ट सम्पुर्ण बिध्यालयका प्रधानाध्यापक हरु समभागी रहेको कार्यक्रममासर्पदस सम्बन्धि शुक्लाफाँटा राष्ट्रीय निकुञ्जका रेन्जर सर्प बिज्ञ याम बहादुर रावतले मुख्य प्रशिक्षण गर्नुभएको थिया ।

ताजा समाचार

This will close in 10 seconds