आरक्षपीडित बस्तीमा हात्तीको आतङ्क हात्तीको बथानले घर भत्काएपछि पीडितको विचल्ली


कञ्चनपुर :  कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतङ्क मच्चाएको छ । गयराती आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर टहरा भत्काईदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाँउपालिका ६ देखतभूली चान्देवका तीन आरक्षपीडितको बस्ने टहरा भत्किाएको हो । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले निकुञ्जबाट आएको हात्तीको बथाने पीडितका घर भत्काउनुका साथै अन्नबाली नष्ट गरिदिएकोे बताए । उनका अनुसार हर्क ब. शाह, गणपति शर्मा र दिलेदत्त भट्टको घर भत्काईदिएको छ । हात्तीले घर भत्काएदिएपछि बर्षातका बेला पीडित तीनै परिवारको विचल्ली भएको छ ।

उनीहरु आफन्तको घरमा बस्न बाध्य भएका छन । घर मर्मतका लागि काठ अभाव र स्तरिय घर निर्माणका लागि पैशा नहुँदा पीडित परिवारको विचल्ली भएको हो । हात्ती आएको थाहा पाएर घरमा रहेका मानिस भागेसंगै सुरक्षित रहेको बताउदै अध्यक्ष भण्डारीले मानिसले समयमै भाग्न सफल हुँदा मानविय क्षति नभएको बताए । अध्यक्ष भण्डारीले पीडिते विचल्लीमा परेका पीडित परिवारलाई राहतको आग्रह गरेका छन । जंगल हात्तीको बथानले हरेक बर्ष पीडित बस्तीमा ताण्डप मच्चाउँदै आएको छ । ‘बस्तीमा बथानका बथान हात्ती आएका छन, ‘अध्यक्ष भण्डारीले भने, ‘उस्तै पनि हामी पीडित पीडितमाथि जंगली जनावरले समेत पीडा दिन थाले ।’ अध्यक्ष भण्डारीले सरकारबाट पीडित परिवारमाथि जनावरको समेत पीडा बोक्नु परेको बताए । ०५८ सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितको अझैसम्म पनि पूर्नस्थापना नहुँदा उनीहरु विचल्लीमा परेका हुन ।

काँंग्रेस सभापति शेर बहादुर देउवाका पालामा संकटकालको मौकाछोपी विस्थापित गराईएका परिवारको पूर्नस्थापना नहुँदा उनीहरु जंगल,खोलानाला छेउछाउ क्षेत्रमा बसेका छन । पीडितको पूर्नस्थापनाका लागि सुरेन्द्र बम नेतृत्वको कार्यदलले पीडित परिवारलाई कम्तिमा १० कट्टा जमिन र ६० लाख राहत दिने प्रतिवेदन कार्यान्वयनमा पीडितले जोडदिदै जंगली जनावर, वाढि पहिरोबाट उन्मुक्ति पाईने बताएका छन । पीडित परिवारले विभिन्न संकटबाट उन्मुक्तिका लागि बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग समेत गर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img