दार्चुला: जनताको जमिनमा जबरजस्ती डोजर लगाएर सडक खन्ने काम रोक्न स्थानीयले माग गरेका छन । दार्चुलाको मालिकार्जुन गाँउपालिकाले ८ स्थित पौडीमार्गका रमेश पन्तले अनाधिकृत रुपमा आफ्नो जमिन अतिक्रमण गरि सडक विस्तार गरेर जमिन उत्ख्नन र नास गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन । चालु आर्थिक बर्षको बजेट सक्नका लागि उपभोक्ता समिति, गाँउपालिका पदाधिकारी कर्मचारीमाथि कार्बाहीको माग अघि बढाएको छ ।


प्रमुख जिल्ला अधिकारीलाई पेश गरेको निवेदनमा मनमर्जी रुपमा भईरहेको काम रोक्न माग गरेका छन । गाँउपालिका प्रमुख प्रशासकीय अधिकृतले सडक विस्तार गर्न नियमानुसारै भएको बताएका थिए । पन्तलेको निवेदन सम्बन्धमा प्रशासन कार्यालय दार्चुलाले उक्त विषयमा बुझने जनाएपनि निवेदन दिएको दुई साता वितिसक्दा पनि कुनै सुनुवाई नगरेको निवेदन पन्तले बताए ।







