सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाका स्वास्थ्य संस्थामा अनुगमन

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिएको छ । नगरपालिकाले विभिन्न वडा वडाबाट प्रदान गरिरहेको सेवालाई थप प्रभावकारी बनाउन अनुगमन गरेको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशी नेतृत्वको टोली नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य केन्द्रहरुमा बुधबार अनुगमन तथा निरीक्षण गरेको हो । नगरपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थित र सेवा प्रवाहलाई प्रभावकारी बनाउन अनुगमन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य संस्थामा भइरहेको कामसँगै अन्य समस्याबारे जानकारी दिन अनुगमन गरिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण चैत देखि नै लगाइएको लकडाउन तथा निषेधाज्ञा करिब ३ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा सुविधाको अवस्थाबारे जानकारी लिईएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीले दिने सेवा तथा त्यहाँको अवस्था र समस्या बारे बुझन् बुधबार भीमदत्त नगरपालिका–८, १०, ११, १२ का आधारभुत स्वास्थ्य चौकी र वडा नम्बर ७ र १४ मा रहेको शहरी स्वास्थ्य केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा सबै स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्रले राम्रोसँग सेवा दिइरहेको पाइएको शाखा प्रमुख जोशील बताउनु भयो ।

‘अनुगमनका क्रममा आधारभुत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रले दिने सेवा चुस्तदुरुस्त तरिकाबाट त्यहाँका स्वास्थ्यकर्मीले दिइरहेको पाइएको छ ।’ शाखा प्रमुख जोशीले भन्नुभयो ‘केही स्वास्थ्य चौकीमा विद्युत आपुर्ती लगायतका अन्य सामाग्री र कर्मचारी अभाव रहेको पाइको छ, त्यसलाई नगरपालिकाकोतर्फबाट सहजिकरण गरिन्छ ।’ नगरपालिकाले १३ आधारभुत स्वास्थ्य केन्द्र, ५ वटा शहरी स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य चौकीबाट नगरवासीलाई स्वास्थ्य सेवा दिईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds