वृद्ध सेवा केन्द्र र अनाथालयमा नगरपालिकाद्धारा अनुगमन, अभिलेखिकरण, पारदर्शितामा जोड


महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका महिला तथा वृद्ध सेवा केन्द्र र बाल अनाथालयमा अनुगमन गरिएको छ । भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंह लगायतको टोलिले अनुगमन गरेको हो । सामाजिक संघ सस्था सञ्चालनको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएका नगरपालिकाले जनाएको छ । नगरपालिकाकी महिला विकास निरिक्षक कुन्ती लेखकले महिला तथा वृद्ध सेवा केन्द्र बनखेत र समाज कल्याण अञ्चल बाल अनाथालयमा अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार अनुगमनका क्रममा संस्थाको वस्तुस्थितीबारे जानकारी लिईएको छ । भने आवश्यक सुधारका लागि सुझाव दिईएको छ ।
अनुगमनका क्रममा महिला तथा वृद्ध सेवा केन्द्रमा दाताहरुको सहयोग, खर्च तथा आम्दानीको अभिलेख व्यवस्थीत नभएको पाईएको छ । अनुगमन टोलीले केन्द्रलाई व्यवस्थीत अभिलेख राख्नका लागि निर्देशन समेत दिएको छ । भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत सुवास अधिकारीले सामाजिक संघ संस्थाहरुका गतिविधिलाई पारदर्शी बनाउन अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार अनुगमन टोलीले आवश्यक सुझाव सल्लाह पनि दिएको छ । त्यस्तै अनुगमन टोलीले बुधबार नै समाज कल्याण अञ्चल बाल अनाथालयमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा बालबालिकाका लागि ठाउँ अभाव रहेको पाईएको छ ।
भीमदत्त नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंहले सामाजिक संघ सस्थाहरुलाई थप जिम्मेवार पारदर्शी बनाउन अनुगमन गरिएको बताउनु भयो । ‘वृद्ध सेवा केन्द्र, अनाथालयले ठुलो मावन सेवा गरिरहेका छन् ।’ उहाँले भन्नुभयो ‘सामाजिक सेवाका लागि खोलिएका संघ संस्थाका गतिविधि मितव्ययी र पारदर्शी हुनुपर्छ, जनता र सरकारले गरेको सहयोगको सदुपयोग हुनुपर्छ ।’ साथै नगरपालिकाले सामाजिक संस्थाहरुको विकास र सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सहयोग समेत गर्नेे उहाँको भनाई छ । अनुगमन टोलीमा भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य सर्जन सुनार, कमला देवकोटा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, गैसस कञ्चनपुरका अध्यक्ष नरेश सिलाललगायत पत्रकारको सहभागीता रहेको थियो

Loading Viewer...

ताजा समाचार

spot_img