संचालक समितिको अनुमति बिनै मालिकार्जुनको डोजर सडक खन्दै


दार्चुला : स्थानीयका घर जोखिममा पर्दै रमेश पन्त दार्चुला २१ असार दार्चुलाको मालिकार्जुन गाँउपालिकाको यान्त्रिक संचालक समितिको अनुमति बिनै सडक विस्तारले स्थानीयको घर जोखिममा परेका छन । गाँउपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८मा विस्तार गरिएको पस्ती सडकखण्डले स्थानीयका घर जोखिममा परेका हुन ।

स्थानीय माधव पन्त र नारायण पन्तको सडक विस्तारले जोखिमा परेका छन । स्थानीय माधव पन्तले बर्षको अन्तिममा बजेट सक्नका लागि कतै सडकमा पर्ने रुख र घर जोखिममा पारेको बताए । गाँउपालिका उपाध्यक्ष पुष्पा अवस्थीले यान्त्रिक संचालक समितिको अनुमति बिनै डोजर संचालन भईरहेको बताए । उनले विवाद भईसकेपछि मात्रै डोजर सडक खन्न गएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img