कञ्चनपुर : नेपाल कानुन व्यवसायी परिषदद्वारा सुदुरपस्चिमका कानुन व्यवसायीहरुको पेशागत “अवस्था अवसर र चुनौती ” विषयक भर्चुअल कार्यक्रम सुदुरपस्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पुर्णा जोशी ज्युको प्रमुख आतिथ्यतामा तथा नेपाल कानुन व्यवसायी परिषदका पार्सद अधिवक्ता प्रकाश पाण्डेयको अध्यक्षतामा सु-सम्पन्न भयो । कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष एबम नेपाल कानुन व्यवसायी परिषदका उपाध्यक्ष वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठ, सुदुरपस्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता माननीय कुलानन्द उपाध्यक्ष , नेपाल बारका निबर्तमान कार्यबाहक अध्यक्ष वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उमेश बिस्ट, सुदुरपस्चिम प्रदेशबाट प्रतिनिधित्व गर्नु हुने नेपाल बार तथा नेपाल कानुन व्ययसायी परिषदका निबर्तमान उपाध्यक्ष तथा पार्सदहरु, अधिवक्ता हर्क बहादुर रावल ( कार्यपत्र प्रस्तोता ) विशिष्ट अतिथि रहनु भएको थियो ।

अधिवक्ता हर्क बहादुर रावलले सुदुरपस्चिमका कानुन व्यवसायीहरुको “अवस्था अवसर र चुनौती” विषयक १५ पेजको कार्यपत्र पेश गर्नु भएको थियो भने सो कार्यपत्रमा वरिष्ठ अधिवक्ता राजेन्द्र साउद , अधिवक्ता वीर बहादुर जेठारा , अधिवक्ता बिस्णु भट्ट, सुदुरपस्चिम कानुन समाजका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठी, सु.प. स्थाही बसोबास भै हाल क्यानडामा रहनु भएका अधिवक्ता भोज राज भट्ट, नेपाल बारका निबर्तमान उपाध्यक्ष अधिवक्ता गङ्गाराम पाध्याय सहित सहभागीहरुले कार्यपत्रमा टिप्पणी सहित भनाइ राख्नु भएको थियो । मुख्य न्यायाधिवक्ता कुलानन्द उपाद्यायले आफ्नो भनाईमा सुदुरपस्चिमका कानुन व्ययसायीहरुलाई के कसरी सुदुरपस्चिम प्रदेश सरकारका कानुनका बिसय बस्तुमा जोडेर सहकार्य गर्न सकिन्छ ? राज्यका न्यायिक निकायहरुमा सु.प.को समुचित प्रतिनिधित्व के कसरी हुन सक्दछ ? भन्ने बिसय बस्तुमा भनाई राख्नु भएको थियो भने नेपाल बार एशोसिएशनका अध्यक्ष बरिस्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठले नेपाल बार काउन्सिलले कानुन व्यवसायीहरुको हक / हित / पेशागत / क्षमता अभिबृधिका लागि पन्चबर्शिय रणनीतिक योजना निर्माण गरि सकेको, बार काउन्सिल एक्ट संशोधनका क्रममा रहेको , लयर्स एकेडेमीको स्थापना समेत संशोधित ऎनले समेटोको हुदा कानुन व्यवसायीहरुको पेशागत बिकासका लागि ठूलो परिवर्तन हुने कुरा जानकारी गराउदै सो का लागि लागि प्रदेश तहबाट कार्यक्रम अगाडि बढाइने हुदा त्यसका लागि नितिगत रुपमा संघ प्रदेश तथा स्थानीय सरकारले पनि यो काममा साथ/ सहयोग/ समन्वय गरि समाजिक न्याय प्राप्ती र प्रदान गर्ने महान अभियानमा हामी सबै लाग्नु पर्दछ भन्ने भनाई राख्नु भएको थियो ।

सुदुरपस्चिमका सबै बार इकाइहरु, नेपाल बार र नेपाल बार काउन्सिल सङ्ग के कसरी र कुन किसिमले सहकार्य गरि न्याय निरुपणको क्षेत्रमा अझै प्रभाबकारी ढङ्गले अगाडि बढन सकिन्छ ? हातेमालो गर्न तयार रहेको र त्यसका लागि कानुन व्यवसायीहरुको बिज्ञताको हामीलाई आबस्यकता हुदा स्थानीय बार युनिट मार्फत सबैको रोस्टर उपलब्ध गरि दिन हुन पनि आग्रह गर्दै यो आर्थिक बर्षको बजेटमा समेत कानुन व्ययसायीहरुसङ्ग सहकार्यका निमित्त केही बजेट समेत बिनियोजन गरिएको कुरा कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पुर्णा जोशी ज्युले जानकारी गर्नु भयो । सरकारी, गैर सरकारी तथा हामी आबद्ध रहेका बार इकाईहरु के कसरी एकताबद्ध सङगठित भएर चाहे त्यो समान अवसर वा पहुचको कुरा होस ? चाहे समाजिक न्यायको क्षेत्रमा कानुन व्ययसायीहरुको मार्यदाको कुरा होस ? कसरी हामी हाम्रो गरिमा कायम गर्न र बढाउन सकिन्छ , सक्छौ हामी सबै लाग्नु जुटनु पर्दछ भनी नेपाल बारका केन्द्रीय उपाध्यक्ष उमेश बिस्टले भनाइ सहित उपस्थित / सहभागी सबैलाई आभार धन्यवाद प्रदान गर्नु भएको थियो ।

कार्यपत्रले औल्याएका कुराहरु, छलफलबाट उठेका कुराहरु सहित एकमुस्ठ निम्न बमोजिम समेटी प्रतिबेदन तयार गरि आवस्यक कार्वाहीका लागि अगाडि बढाउने छलफलको निसकर्श रहेको छ ।
(१) सुदुरपस्चिम प्रदेशमा रहि पेशा व्यवसायमा समर्पित कानुन व्यवसायीहरुको पेशागत बिकासका निमित्त र सो को कार्यान्वयन समेतका लागि नेपाल बार एशोसिएशन ,नेपाल बार काउन्सिल , सुदुरपस्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा मुख्य न्यायाधिवक्ताको कार्यालाय सुदुरपस्चिम प्रदेश समक्ष लिखित रुपमा पेश गर्ने ।
(२) सुदुरपस्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा कानुन व्यवसायीहरुको के कसरी उपस्थिति गर्न गराउन सकिन्छ सो का लागि पहल प्रयास गर्ने ।
(३) जिल्ला तहमा कानुनी सहायता समिती मार्फत प्रदान भै रहेको Legal Aid कार्यक्रम अन्तर्गत हाल आएर सबै जिल्लामा लागू हुने भन्ने व्यवस्था नेपाल सरकारले गरेको हुदा सुदुरपस्चिम क्षेत्रका लागि Legal Aid अब उप्रान्त सुरु हुने जिल्लाहरुमा सुदुरपस्चिम क्षेत्रकै कानुन व्यवसायीलाई के कसरी जोडन सकिन्छ सो समबन्धमा समेत सम्बन्धित निकाय सङ्ग पहल गर्ने ।
(४) सुदुरपस्चिम स्थाही बसोबास भै हाल पेशागत हिसाबले नेपाल भरी र नेपाल बाहिर समेत रहेका कानुन व्यवसायिहरुको अभिलेख तयार गरि एक आपसमा भएको ज्ञान सिपलाई पेशागत अभिबृधी तथा बिकासमा प्रयोग गर्ने ।
(५) नेपाल कानुन ब्ययसायी परिषद दिन (बार काउन्सिल डे श्रावण २७) भब्यताका साथ मनाउने ।
प्रमुख अतिथी माननीय मन्त्री पुर्णा जोशी ज्यु , विशिष्ट अतिथी नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष एबम नेपाल बार काउन्सिलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेस्ठ, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाद्याय, वरिष्ठ अधिवक्ता ज्युहरु, अधिवक्ता ज्युहरु, कार्यपत्र प्रस्तोता अधिवक्ता हर्क बहादुर रावल, कार्यक्रम सन्चालक (अधिवक्ता सिद्द राज ओझा अध्यक्ष कैलाली जिला बार ) , टिप्पणी कर्ता, भनाई राख्नु हुने बिद्वान मित्रहरु , स्वागत मनतब्य राख्नु हुने कंचनपुर बार एशोसिएशनका अध्यक्ष अधिवक्ता देव राज पन्त, प्रबिधिमा सहयोग गर्नु हुने सुदुरपस्चिम कानुन समाजका महासचिव अधिवक्ता दिपक राज जोशी , जुम लिन्क प्रदान गर्नु भएकोमा नेसनल प्याबसनका केन्द्रीय अध्यक्ष आदरणीय रितु राज सापकोटा एबम कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा आभार धन्यवाद दिदै ” समाजिक न्यायको प्राप्ती र प्रदान गर्न तथा कानुन व्यवसायीहरुको पेशागत बिकासका लागि हामी सबैले साझा अभियान तय गरि एक आपसमा साथ सहयोग र समर्थन दिई लिई अगाडि बढने कुरामा आफ्नो पुर्ण बिश्वास र भरौसा रहेको भन्दै कार्यक्रमका सभापति अधिवक्ता प्रकाश पाण्डेयले कार्यक्रम समापन गर्नु भएको थियो






