बिजयसाल काठको गोलिया निकुञ्जलाई बुझाए पछि स्थानिय र सामुदायिक वन विच विवाद


कञ्चनपुर- बेदकोट नगरपालिका बडा नं. १ मा रहेको श्री बैजनाथ मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले वन भित्र फेला पारेको बिजयसाल काठका गोलिया शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बुझाए पछि स्थानिय र सामुदायिक वन बिच बिवाद भएको छ । वन हेरालुले असार १६ गते लोपोन्मुख प्रजातीको बिजयसालका गोलिया बेवारिसे अवस्थामा फेला पारेको उक्त काठ शनिबार सामुदायिक वनले निकुञ्ज कार्यालयलाई बुझाएको हो ।

तर स्थानियले उक्त काठमा सामुदायिक वनको अधिकार रहने भए पनि पदाधिकारीको मिलोमतोमा बाहिर पठाउन खोजेको आरोप लगाएका छन । रेन्जर धर्म जित साउदले गाडीमा राखेर ल्याउदै गरेको काठ स्थानियले नियन्त्रणमा लिएका थिए । बिवाद पछि बेदकोट नगरपालीकाका नगर प्रमुख अशोक चन्द, सामुदायिक वनका पदधिकारी र स्थानिय लगायतको उपस्थितीमा छानबिन गरेर दोषीलाई कारवाही गर्न माग राख्दै सहमती गरेका छन । वनका अध्यक्ष कृष्ण राज जोशीले आफनो कुनै स्वार्थ नरहेको र यहा राख्दा दुरुपयोग हुने भएकोले निकुञ्जलाई बुझाएको बताए पनि स्थानियले अध्यक्ष र पदधिकारी कै मिलोमतोमा उक्त काठ सेटिंग गरि पठाउन खोजेको आरोप लगाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img