अमरधन फाउण्डेसन र हङ्कङ व्यापारी होतुङद्वारा महाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर सहयोग


महेन्द्रनगर: नेपालको विद्यमान स्वास्थ्य संकटलाई मध्यनजर गरि प्रवासी नेपालीहरुबाट सहयोग गर्ने क्रम जारी छ । यसैक्रममा हंकङमा रहेको अमरधन स्मृति प्रतिष्ठान र त्यहाँका व्यापारी सिन होतुङले महाकाली अस्पताललाई करिव रु १० लाख मूल्य बराबरको ४० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको विशेष पहलमा कोरोना व्यवस्थापनका लागि महाकाली अस्पताललाई उक्त सिलिण्डर सहयोग गरेको हो । अमरधन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हंकङका व्यापारी सिन हेतुङले उक्त सिलिण्डरहरु सहयोगका लागि गैर आवासीय नेपाली संघ मार्फत नेपाल पठाएका थिए । अमरधन स्मृति प्रतिष्ठान र व्यापारी होतुङले नेपालभरिका लागि ४५० थान सिलिण्डर पठाएका थिए ।

ती सिलिण्डरहरु विभिन्न अस्पतालहरुमा वितरण गरेका छन् । त्यसै सिलसिलामा राप्रपा कोषाध्यक्ष गुरुङको विशेष पहलमा सुदूरपश्चिमका विभिन्न स्थानमा सिलिण्डर सहयोग गरिएको हो । महाकाली अस्पतालका लागि छुट्याएका ४० थान सिलिण्डर राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय सदस्य हिक्मत सिंह भण्डारी र राप्रपा जिल्ला अध्यक्ष पूर्ण बहादुर चन्दले महकाली अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हरि कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको राप्रपा नगर अध्यक्ष करन पालले बताए ।

वर्तमान अवस्थामा स्वास्थ्य स्थितिमा केही मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको अमरधन फाउण्डेसनका संस्थापक गुरुङले बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सल्लाहकार समेत रहेका गुरुङका अनुसार एनआरएनए कोभिड २०१९ उच्च स्तरीय कमि िमार्फत कमिटिको समन्वयमा उक्त अक्सिजन सिलिण्डर नेपाल पठाईएको जनाएको छ । गुरुङले उक्त अमरधन परोपकार फाउण्डेसन उहाँको मातापिताको सम्झनामा २०७३ सालमा स्थापना गरेका थिए । स्थापना पश्चात विभिन्न समयमा फाउण्डेसनले परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img