कञ्चनपुर : नेपाल औषधी व्यवसायी संघले स्थापना दिवसको अवसरमा कञ्चनपुरको एक बृद्ध आश्रममा खाद्यान्न वितरण गरेको छ । नेपाल औषधी व्यवसायी संघ महाकाली अञ्चल र कञ्चनपुर शाखाले ४८औँ स्थापना दिवसका अवसरमा बेदकोट नगरपालिका ८ रौटेलाको बैजनाथ बिष्णू धाम बृद्धाआश्रममा खाद्यान्न वितरण गरेको हो । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले औषधी व्यवसायी संघको स्थापना दिवसमा जेष्ठ असाहय नागरिक खाद्यान्न वितरण गरिएको बताए ।

अध्यक्ष बुडाका अनुसार बृद्ध आश्रममा चामल, दाल, नुन, नेत, तरकारी, चिनी चियापत्ती एव स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । दोस्रो पटक देखिएको कोरोना महामारीसगै खाद्य समस्या भएका बृद्धआश्रममा औषधी व्यवसायी संघले खाद्यान्न वितरण गरेसंगै आश्रममा राहत भएकोछ । यस्तै संघको कार्यालयमा समेत संघकै झण्डात्तोलन गरिएको छ । नेपाल औषधी व्यवसायी संघका केन्दीय सदस्य ललितानन्द जोशी, अञ्चल अध्यक्ष घनश्याम कलौनी, जिल्ला अध्यक्ष रामचन्द्र बुडा, समितिका पदाधिकारी एव औषधी व्यवसायीको सहभागिता रहेको थियो । औषधी व्यवसायी सघले हरेक बर्ष स्थापना दिवसमा समाजिक कार्य गर्दै आएको छ ।







