लालझाडी गाँउपालिकाको ४७ करोड ५० लाख बजेट नीति, तथा कार्यक्रम पारित


कञ्चनपुर ,

कञ्चनपुरको लालझाडी गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबार ९ औँ गाँउ सभामा उपप्रमुख सत्यादेवी महराले प्रस्तुत गरेको ४७ करोड ५० लाख एक हजार ५ सय अनुमानित बजेट र गाँउ प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन ।

उपप्रमुख महरा र प्रमुख बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट गाँउ सभा सदस्यले पारित गरेका हुन । लालझाँडी गाँउपालिका प्रमुख मदन सेन बडायकले आगामी आर्थिक बर्षका लागि मुख्य गरेर स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, तटबन्ध, स्वरोजगारमा प्राथमिकता दिएको बताए । ‘हामीले आगामी बर्षको नीति, कार्यक्रम तथा योजना पारित गरिसके, ‘गाँउ प्रमुख बडायकले भने, ‘तैपनि छलफलका लागि हामीले गाँउ सभा सदस्यलाई प्रतिवेदन दिएका छौँ, केही छुटपुट भए थप्छौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img