कृष्णपुर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट झण्डै एक अर्ब

कञ्चनपुर ,

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि करिब साढे ९२ करोड भन्दा बढीको अनुमानित बजेट ल्याएको छ । बिहिबार आयोजित नगरपालिकाको नवौँ नगरसभामामा नगरउपप्रमुख रमिता राना बडायकले आर्थिक वर्ष २०७८÷०७९ का लागि ९२ करोड ५६ लाख ४२ हजार रुपैयाँ बरावरको वजेट प्रस्तुत गरेकी हुन । नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउन विशेषज्ञ सहितको सुविधा सम्पन्न १५÷१५ शैय्याका दुई ओटा नगर अस्पताल निर्माण गरिने उपप्रमुख रानाले बताईन ।

यस्तै नगरपालिकाले शव व्यवस्थापनका लागि शव वाहनको व्यवस्था गर्ने नीति लिएको छ । पछिल्लो समय व्याप्त कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने जनप्रतिनीधी, स्वास्थ्यकर्मी, कर्मचारी तथा अन्य जनशक्तिको स्वास्थ्य जोखिमको अवस्थालाई मध्यनजर गर्दै विमाको व्यवस्था गर्ने र संक्रमित भए खर्चको व्यवस्थापन समेत गर्ने नीति नगरपालिकाले लिएको उपप्रमुख रानाले बताईन ।

यस्तै” कोभिड -१९ ” बाट संक्रमित भई नगरवासीको मृत्यु भएमा मृतक परिवारको आर्थिक अवस्था हेरी आर्थिक सहयोग गर्ने, खेलकुद क्षेत्रलाई अघि बढाउन विभिन्न विधाका स्वयमसेवक प्रशिक्षक नियुक्त गरी खेलहरु सञ्चालन गरिने, शारीरिक तन्दुरुस्तीका लागि आवश्यक पर्ने आधुनिक प्रकारको जिम हाउस स्थापना गर्ने लगायतका स्वास्थ्य क्षेत्रमा कार्यक्रम ल्याइएको छ ।

यस्तै ६० वर्ष उमेर पुगका एकल पुरुष (विदुर) लाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था पनि नगरपालिकाले गरेको छ । विभिन्न कारणले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकाहरुलाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुवात गरिने उपप्रमुख रानाले बताईन । निति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने जनाईएको छ । दीर्घ रोगी, गरिव, विपन्न, दुर्घटनामा परेका नगरवासीलाई आर्थिक सहयोग दिने कार्यलाई समेत निरन्तरता दिईएको छ । नगरपालिकाले साक्षर नगरको मापदण्ड पुरा गर्दै नगरलाई पुर्ण साक्षर नगरपालिका घोषणा गरिने नीति लिएको छ ।

कोभिड प्रभावित उद्योगी व्यवसायीहरुलाई व्यवसाय करमा विशेष छुट दिने व्यवस्था गर्ने नीति समेत नगरले लिएको छ । भु उपयोग योजना र बस्ती विकास योजना निर्माण गरि लागु गरिने नीति समेत लिएको छ । नगरवासीको सेवाका लागि सुविधा सम्पन्न थप एउटा एम्बुलेन्सको व्यवस्था गर्ने निती लिएको छ । नगरपालिकामा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरुलाई संघीय कानुन वमोजिम सेवा सुविधा उपलब्ध गराउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख रानाले बताईन ।

ताजा समाचार