पूनर्वास नगरपालिकाको ६९ करोड २९ लाख बजेट

कञ्चनपुर ,
कञ्चनपुरको पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०७९÷०७९ का लागि पूनर्वास नगरपालिकाले ६९ करोड २९ लाख बराबरको अनुमानित बजेट ल्याएको हो । बिहीबार पूनर्वासको ९औँ नगर सभामा उप प्रमुख शारदा विष्टले बजेट र प्रमुख जिवनराज थापाले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पूनर्वासका नगर प्रमुख थापाले आगामी आर्थिक बर्ष लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको सम्बृद्धि दिगो विकासको लक्ष्य लिएका छन । स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन पूर्वाधार विकास, कृषि, उद्यमका योजना अघि सारिएका छन । सीमावर्ती नगरपालिका भएकाले सीमा क्षेत्रको सुरक्षा एव नगर सम्बृद्धिका लागि योजना अघि सारिएका छन । नगर प्रमुख थापाले आगामी बर्षका लागि ल्याएका योजना कार्यान्वयनमा जोडदिए । नगर सभामा पत्रकार हरिलाल जोशीलाई नगरको सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगर सभामा सदस्यले उप प्रमुख विष्ट र प्रमुख थापाले प्रस्तुत गरेका नीति कार्यक्रम तथा बजेट अध्ययनका लागि समय मागेका छन । केही थपघट गरेर पारित गरिने पूनर्वास नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds