बेलौरीको नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ८१ करोड ७० लाख बजेट

कञ्चनपुर, 
कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बिहीबार सातौँ नगर सभामा नगर उप प्रमुख चित्र कुमार चौधरीले ८१ करोड ७० बजेट र प्रमुख पोतिलाल चौधरीले नीति, तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर चौधरीले नगरको सम्बृद्धि एकिकृत दिगो विकासका लागि योजना अघि सारिएको बताए । मेयर चौधरीका अनुसार आगामी आर्थिक बर्ष स्वाथ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै कृषि, पर्यटन, पूर्वाधार विकास, सीमा, उद्योग, उद्यमी, वातावरण क्षेत्रलाई समेत प्राथमिता राखिएको छ । मेयर चौधरीले बेलौरी नगरपालिका कृषिका लागि थप योजना अघि सारेको बताए । स्थानीय, प्रदेश र संघ सरकारसंगको संयुक्त साझेदारीमा योजना कार्यान्वयन गरिने मेयरको प्रतिबद्धता थियो ।
नगर सभामा स्वास्थ्यकर्मी मान बहादुर चन्द र प्रशासकीय अधिकृत शुशिला लेखकलाई पुरस्कार सम्मान गरिएको छ । नगर सभामा प्रस्तुत गरिएको बजेट अध्ययनका लागि सभा सदस्यहरुलाई वितरण गरिएको छ । नगर सभा सदस्यले अध्यययन गरेर थप सुझाव सहित पारित गरिने बेलौरी नगरपालिकाले जनाएको छ ।

ताजा समाचार