बेलडाँडी गाँउपालिकाको ९ औँ गाँउ सभा सम्पन्न ,३८ करोड १९ लाख बजेट नीति, तथा कार्यक्रम पारित

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । बिहीबार बेलडाँडी गाँउपालिकाको ९औँ गाँउ सभाबाट अनुमानित ३८ करोड ९१ लाख बजेट, नीति तथा कार्यक्रम पारित भएका हुन । बेलडाँडी गाँउपालिका लेखा समिति संयोजक शकर दत्त भट्टले आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएकै दिन पारित भएको बताए ।
उनका अनुसार गाँउपालिकाले आगामी बर्षमा स्वाथ्य, शिक्षा, कृषि, किसानलाई लालपुर्जा दिने, खानेपानी, भौतिक पूर्वाधार, सीमा सुरक्षा एव रोजगारीका कार्यक्रम प्राथमिकतामा राखेर पारित गरिएका छ । कोरोना रोकथाम एव कृषिमा आधुनिकीकरण, भूमिहिन नागरिकलाई लालपुर्जा वितरणका नयाँ योजना रहेका छन ।
बजेट प्रस्तुत गर्दै उप पमुख कमला कार्कीले गाँउपालिकाले ल्याएको बजेट कार्यान्वयनमा विश्वास व्यक्त गर्नुभयो । भने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउ प्रमुख धन बहादुर थापा क्षेत्रीले गाँउको एकिकृत दिगो विकास र सम्बृद्धिका योजना कार्यान्वयन हुने बताए । गाँउ सभामा जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट सहितका कर्मचारीको सहभागिता रहेको थियो ।

ताजा समाचार