सुदूपश्चिम प्रदेश पर्यटन विधेयकको अन्तिम खाका तयार

कञ्चनपुर, 
सुदूरपश्चिम सरकारले प्रदेशको पर्यटन विकासका लागि प्रदेश पर्यटन विधेयक ल्याएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार पारेको पर्यटन विधेयक २०७७ को अन्तिम खाका तयार भएको छ । मन्त्रालयले तयार पारेको विधेयक उपर विभिन्न सरोकारवाला पक्षसंग सुझाव संकलन भईरहेको छ । प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेशका सरोकारवाला पक्षसंग विधेयकमा व्यवस्था भएका विषय बारे छलफल गर्दै अन्तिम रुप दिएको छ ।
शनिबार प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कञ्चनपुरका पर्यटन व्यवसायी सहित सरोकारवालासंग विधेयक बारे छलफल गर्दै विधेयकको खाका तयार भएको जनाएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य महेश दत्त जोशीले प्रदेशको दिर्घकालिन पर्यटन विकासका ऐन आएको बताए । ‘हामी अहिले विधेयक लिएर सरोकारवालापक्षसंग छलफलमा जुटेका छौँ, ‘उनले भने, सुझाव सहित अन्तिम रुप लिएर पारित गछौँ ।’
समितिका सदस्य जोशीले ऐन साझा सूचिको विषय भएकाले यसलाई सबै क्षेत्रमाबाट पारित गराउनुपर्नेमा जोडदिए । प्रदेशको पर्यटन विकासका लागि अन्तरप्रदेशसंग समेत सहकार्य गर्नुपर्ने विषय समेत समाबेस गरिने बताए । ‘स्थानीय बस्तु तथा सेवालाई पर्यटन प्रर्बद्धनका लागि जोड दिन्छौँ, ‘उनले भने, ‘सबै क्षेत्रको सुझाव संकलन गरेर ऐनलाई पुरस्कृत बनाउँछौँ ।’
कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले पर्यटन ऐनलाई एकद्वार प्रणालीबाट अघि बढाउनुपर्नेमा सुझाव दिए । उनले निकुञ्ज क्षेत्रमा समेत पर्यटन व्यवसायको व्यवस्था समेत गर्नुपर्नेमा जोडदिए । ‘स्थानीय बस्तु तथा सेवा प्रर्बद्धन गर्ने पर्यटन क्षेत्रमा जोडदिनुपर्छ, ‘उनले भने, ‘पर्यटन क्षेत्रमा जरिवाना भन्दा पनि सचेतनाका कार्यक्रम ल्याउनुपर्छ ।’
पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री प्रकास बहादुर रावलले अझैपनि सरोकारवाला पक्षबाट आएका महत्वपूर्ण सुझाव समेट्दै ऐनलाई व्यवस्थित बनाउनुपर्नेमा जोडदिए ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवरले विधेयक निर्माणको अन्तिम चरणमा पुगेको बताउदै सबै क्षेत्रका सरोकारवालाको सुझाव समेट्दै जाने बताए । छलफलमा प्रदेशका पुर्वमन्त्री, समिति सदस्य, प्रदेश सभा सदस्य, पर्यटन व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds