सिमानाकामा रहेको त्रिनगर होल्डिङ सेन्टरको दुई मन्त्रीले एकैसाथ गरे निरीक्षण(फोटो फिचर)

कैलाली ,

विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड- १९ ” लाई मध्यनजर गर्दै कैलाली -कञ्चनपुरमा पर्ने त्रीनगर भन्सार क्षेत्र सिमानानाका रहेका होल्डिङ सेन्टरको दुई मन्त्रीले एकैसाथ निरीक्षण गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बिहिवार त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरीक्षण गरेको हो।

पछिल्लो समय निषेधाज्ञाका बेलामा भारतबाट आउने र जानेहरूका लागि सहजता ल्याउन बनाइएको होल्डिङ सेन्टर अझ थप छिट्टै व्यवस्थित बनाउन र ग सिमानाकामा खटिएका स्वास्थ्यकर्मि,सुरक्षाकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै व्यवस्थापनका लागि चाडैं नै पहल गरिने सामाजिक विकास मन्त्रीका स्वकीय सचिव भुवन बडूवालले ई-सुदूर दर्पण डट कम लाई बताएका छन् । कोभिड-१९ को दोस्रो लहरको महामारी सुरु भए संगै सिमानाकामा होल्डिङ सेन्टर निर्माणको कार्यलाई अगाडि बढाइएका थियो ।

ताजा समाचार

This will close in 10 seconds