पलेशा पाराल्याम्पिकका लागि छनौट

काठमाडौं : नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराल्याम्पिक गेम्स २०२० मा छनौट हुँदै प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपाल तेक्वान्दो संघले बिज्ञप्ती जारी गर्दै पलेशाले वाईल्डकार्ड मार्फत पाराल्याम्पिकका लागि बाटो खुला गरेको जनाएको छ । मित्रराष्ट्र जापानको टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । नेपाली पारातेक्वान्दो खेलाडीहरुले  २०७८ जेष्ठ ७ गते मित्रराष्ट्र जोर्डनको अम्मान शहरमा पाराल्याम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिदेशी खेलाडीहरुले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आईसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट बञ्चित हुनु परेको थियो ।
छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरुलाई संघले चयन गरेको थियो । तसर्थ उक्त छनोट खेलबाट बञ्चित भए पश्चात नेपाल तेक्वान्दो सघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो । पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औ बरियता (¥याङ्किङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराल्यम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ के.जी मुनि तौल समुहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् । पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएकी थिईन् । यस्तै उनले पहिलो पटक कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै ५ औ स्थान प्राप्त गर्न सफल भएकी थिईन् । सोही वर्ष लण्डनमा आयोजित ७ आँै विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औ स्थानमा प्राप्त गरेकी थिईन् ।
यस्तै पाचौ एशियन पारा तेक्वान्दो प्रतियोगिता आममन, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजी माथि ५ औं स्थानमा र ८औं विश्व पारा तेक्वान्दो प्रतियोगिता अन्तलया, टर्की मा के.४४, ५८ केजी माथि तौल समुहमा निकै राम्रो प्रदर्शनका बावजुद ५ औं स्थान प्राप्त गर्न सफल भएको नेपाल तेक्वान्दो संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । नेपाल तेक्वान्दो संघ यस ऐतिहासिक सुखद अवसरमा मुलुकको लागि पदक ल्याउनेमा विश्वस्त हँुदै सम्पुर्ण नेपालीहरु, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय पाराल्यम्पिक कमिटि नेपाल लगाएतलाई  हार्दिक धन्यवाद ज्ञापन गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

ताजा समाचार

This will close in 10 seconds