दोधारा–चाँदनीमा धानरोपाई गर्ने क्रममा सर्पदंशबाट पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा सर्पले टोक्दा एक पुरुषको ज्यान गएको छ । दोधारा चाँदनी –८ बस्ने वर्ष ४७ का दुर्गा बहादुर थापाको आज धान रोपाई गर्ने क्रममा अन्दाजी दुई बजे तिर करेत सर्पले टोकेको थियो ।

दोधारा चाँदनी स्थीत स्वास्थ्य केन्द्रमा कोभिड–१९को विरामीहरुको उपचार भई रहेकोले उनलाई महाकाली अञ्चल अस्पताल ल्याइएको थियो । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै उनको निधन भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रवता दिल बहादुर सिजालीले बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds