सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा

कञ्चनपुर : सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा विकास सिह महता सरकारले देशभरीका ९२ चुरे पहाड उत्खनन् गरेर भारतमा नदीजन्य प्राकृतिक पदार्थ ढुङ्गागिट्टी, बालुवा निकासी गर्ने योजना अघि सारेको बेला कञ्चनपुरमा नदीखाला एव चुरे दोहनले बस्तीमा वितण्डा मच्चिएको छ । यस बर्षको बर्खा अझै शुरु भएको छैन । पूर्ण रुपमा मनसुन समेत शुरु नभएको अवस्थामा २९ जेठ दिनमा ४/५ घण्टा नियमित बर्षात हुँदा कञ्चनपुरको चुरे मानविय बस्तीमा वाढिले वितण्डा मच्चाएको छ । कञ्चनपुरको उत्तरी चुरे भेगमा कटानी र दक्षिण भागमा डुवान गरेको छ । चुरेसंग जोडिएको भीमदत्त, बेदकोट शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका नदीखोला नालामा पानीको सतह एक्कासी बढेसगै निर्माण गरिएका संरचना भत्काउँनुको साथै क्षयिकरण र तटिय क्षेत्रमा डुवान गरेको छ ।

चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका ७ र ३ मा निर्माण भएको तटबन्ध समेत भत्काएको छ । भीमदत्त नगरपालिका ३ हल्दुखालका स्थानीय रमेश थापाले चुरे बिनासका कारण तटिय क्षेत्रका जनता वाढिको उच्च जोखिममा रहेको बताए । ‘केही छिनमै परेको बर्षाले त यसरी वितण्डा मच्चाएको छ, ‘उनले भने, ‘लामो समयसम्म पानी पर्दा कति जोखिम निम्तिन्छ ।’ चुरेको अनियन्त्रित दोहनका कारण वाढिको समस्या आएको बताए । भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले बस्तीको सिरानी भएर बग्ने खन्यखोलामा आएको वाढिले २सय मिटर बाँध भत्काएको बताए । ‘केही समय परेको बर्षातले तटबन्ध नै भत्काईदियो, ‘उनले भने, ‘लामो समय बर्षा भए भीमदत्त नगरपालिका क्षेत्रका आधा वडा र महेन्द्रनगर बजार उच्च जोखिममा पर्छ ।’ बलियो तटबन्ध निर्माण नहुँदा कटानी र नदीजन्य पदार्थ संकलनमा वैज्ञानिकता नअपनाउँदा विपद् जोखिम निम्तिएको उनले बताए ।

ठूलो परिमाणमा बजेट चाहिले भएकाले वडाध्यक्ष कुँवरले स्थायी तटबन्धका लागि सघीय र प्रदेश सरकासंग आग्रह गरेका छन । ‘पहिरो रोकथाम भएन, धार नदीले परिर्वतन गर्दै आयो, अनियन्त्रित उत्ख्ननले कटानी भयो, ‘उनले भने, ‘चुरे क्षेत्र सम्वेदनशिल हो, यसमा खेलवार्ड गर्नु हुँदैन ।’ चुरे बिनासकै कारण एकै दिनमा केही समयमा परेको पानीका कारण उत्तरमा कटानी र दक्षिण भूभाग क्षेत्रमा डुवान भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. भुपेन्द्र विष्ट बताउँछन । ‘चुरे र पहाडबाट नदिजन्य पदार्थ निकाल्नु हुँदैन, ‘चुरे पहाड कमजोर हुन्छ, ‘त्यहाँबाट उत्खनन् मिल्दैन, ‘उनले भने, ‘अवैधानिक रुपमा उत्ख्नन हुँदा समस्या उत्पन्न भयो ।’ सरकारले नेपालको आम्दानीको स्रोत बृद्धिका लागि ल्याएको योजनाले चुरे, पहाड उत्खखन नभई समथल तटिय क्षेबाट नदी नियन्त्रण गर्दै बाँकी बचेको नदिजन्य पदार्थ उपभोग गर्न सकिने बताए ।

बिना योजना नदी, खोला नालाको मुहान थुन्ने हिसाबले भौतिक संरचना निर्माण, नदी दोहनका कारण विपद्ी निम्तिरहेको बताए । ‘कञ्चनपुरका बर्षनी विपती निम्तिरहेको छ, ‘उनले भने, ‘विपद् रोकथामका लागि सरकारी योजना छैन, बरु कसरी पैशा कमाउन सकिन्छ, त्यसमा सबैको ध्यान छ ।’ अबिरल बर्षातका कारण बेदकोट नगरपालिका २बसन्थला क्षेत्रमान पथरैया नदी गाँउ बसेको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले चुरेका नदीमा आएका वाढिले भूक्षयिकरण भएको बताए । उनका अनुसार चुरेमा भूक्षयिकरण दक्षिणका बस्तीमा डुवानमा परेका छन । सरकारले चुरे पहाडको ढुङ्गा, ग्राभिल बेच्ने योजनाबाट समेत थप जोखिम निम्तिने बताए । महाकाली सिँचाई तेस्रो चरणका प्रमुख रण बहादुर बमले चुरे पहाडका खोला नदीमा आउने वाढिका कारण नहर संरचना समेत जोखिममा परेको बताए ।

‘महाकाली तेस्रो चरणको नहर संरचना चुरे भएर निर्माण भईरहेको छ, ‘उनले भने, ‘चुरेकै खोलानालाका कारण नहरपनि जोखिममा परेको छ, कुनै कारणबस नदी गाँउपसे करोडौँ लगानीमा बनेको संरचना भत्किन्छ ।’ नगरपालिका क्षेत्रमा थुप्रै नदीनाला भएपनि रोयल्टी संकलनका लागि ठेक्का नलगाएको शुक्लाफाँटा नगरपालिका क्षेत्रका चुरे नदीनालाबाट चोरीका कारण जोखिममा परेको छ । शुक्लाफाँटा नगरका प्रवक्ता मापदण्ड विपरित भौतिक संरचना निर्माण एव परम्परागत रुपमा बग्दै आएका खोलानाला थुनेर संरचना बनाउने गतिबिधीले डुवान भईरहेको बताउँदै नगरपालिकाले भौतिक संरचना निर्माणको मापदण्ड ल्याउने बताए । जेठमै केही घण्टा परेको बर्षातका कारण कञ्चनपुरको उत्तरी चुरे क्षयिकरण र दक्षिण भूभाग डुवानमा परेको छ ।

चुरे सहित जिल्लाका ठूला नदी महाकाली, दोदा, चौधर र साना खोला नाला झर्नाखोला, अन्यखोलामा भईरहेको अवैध मापदण्ड विपरित उत्ख्नन भौतिक संरचना मापदण्ड विपरित निर्माण कार्यबाट कञ्चनपुर वाढि र कटानीको उच्च जोखिममा छ । त्यसमै सरकारले पहाड फोडेर नदीजन्य पदा र्थ बिक्रि गर्ने योजनाबाट थप संकट पर्ने स्थानीयको भनाई छ । विपद् रोकथाम एव नियन्त्रणका क्षेत्रका लामो समयदेखि काम गर्दै आएका एव नागरिक अगुवा प्रभुनिधी पन्तले विपद्को मुख्य कारण चुरे दोहन हुँदा समस्या निम्तिएको बताए । ‘चुरे, नदीनालाको अवैध दोहन, खोलानाला नासेर जमिनदेखिका संरचना बनायो, ‘उनले भने, ‘मानविय गतिबिधीले जोखिम निम्तियो ।’

विकास निर्माण गर्दा विपद्लाई मुल प्रवाहीकरणमा राखेर विकास गर्नेपर्ने जोडदिए । कञ्चनपुर विपद्को उच्च खोमिमा हरेकाले सबै सरोकारवाला पक्षले पूर्व तयारी गरेर काम गर्नुपर्नेमा आग्रह गरे । मापदण्ड विपरित उत्खनन् नदी दोहनका कारण बर्षनी कञ्चनपुरको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे भएर दक्षिणतिर बग्ने साना तथा मझौला खोलानदीका कारण उर्बराभूमी क्षयिकरण भईरहेको हो । खोला तथा नदीले बर्षनी निजी, सार्वजनिक जमिन क्षयिकरण गरिरहेको छ । तर, क्षयिकरण रोक्नका लागि भने प्रभावकारी कार्यक्रम हुन सकेको छैन् । उल्टै नदीनाला दोहनका लागि स्थानीय तहविच ठेक्कापट्टाका लागि लुछाचुडी र प्रतिस्पर्धा भईरहन्छन । बर्षनी खोलानाला नदीको कटानी नियन्त्रणका लागि तटबन्ध, तारजाली लगाएपनि कटान, पटान एव क्षयिकरण रोकिन नसकेको हो । सरकारी निकायबाट कटानी रोक्नका लागि प्रयास हुँदाहुँदैपनि कटानी भने रोक्न सकिएको छैन् । उत्तर चुरे, महाभारत पर्वत, लिम्पिया धुराबाट बग्ने नदी खोलाका कारण बर्षनी कञ्चनपुरमा सयौँ विगाह जमिन कटानी भईरहेको छ । कुन बर्ष कति कटानी वा क्षयिकरण भयो भन्ने एकिन तथ्याङ्क राख्ने निकाय नै छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

आरक्षपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग कुरा गर्छु :एनपी साउद

कृष्णपुर :  आरक्षपीडितको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग कुरा गर्छु नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने...

शिक्षक संघ आन्दोलनमा संगठन कार्यान्वयनको पक्षमा

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले अढाई दशकपछि दरबन्दी मिलान गरेको छ । शिक्षक दरबन्दी मिलान बिरुद्धमा सत्ताधारी काँग्रेस निकट नेपाल शिक्षक संघ आन्दोलित भएको...

दोधाराचाँदनी नगरपालिकामा बोरिङ्गका योजनामा अनियमितता भएको भन्दै सुचना माग माग

कञ्चनपुर: गत बर्षका सडक कालोपत्रेका योजना सम्पन्न नहुँदै भुक्तानी दिएको प्रकरण पछि कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सिँचाईका लागि ठोकिएका बोरिङ्गका योजनामा चरम अनियमितता भएको भन्दै...

एमाले कञ्चनपुरका पुराना नेता जोशी माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर: नेकपा एमालेका पुराना नेता राजेन्द्र प्रशाद जोशीले नेकपा माओवादी प्रवेस गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ बेलौरी घर भएका एमाले नेता जोशीले...

चन्द प्रदेश युवा परिषद्को सदस्यमा मनोनित

कञ्चनपुर : अपाङता क्षेत्रमा कार्यरत कञ्चनपुरका युवा मनोज चन्द सुदूरपश्चिम प्रदेश युवा प्रदेश परिषदको सदस्यमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास...