असहायलाई दुलालको सहयोग जारी

दामोदर अर्याल/काठमाडौं : कोभिड -१९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भए पश्चात कठिनाईमा परेका असहायहरुलाई पूर्व राष्ट्रिय खेलाडी एवं अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल र पत्नी समिक्षा दुलालको सहयोग जारी रहेको छ । सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

दुलाल दम्पतीले लगनखेलस्थित सम्बन्ध आश्रममा रहेका २० जना अनाथ बालबालिकाको परिवार र बुढानिलकण्ठस्थित सृजना सामाजिक सेवा समाजका २५ अनाथ बालबालिकाहलाई २/२ बोरा चामल, वाईवाई एक एक कार्टुन, दुई दुई लिटर तेल (सनफ्लावर), चार चार प्याकेट नुन, दुईदुई कार्टुन बिस्कुट र एक एक केजी सोयाविन मस्यौरा र पानीहरु प्रदान गरेका छन् ।

दुलाल दम्पतीले पहिले पनि असहायहरुलाई सहयोग गर्दै आईरहेका छन् । यस असहज परिस्थितीमा असहाय र कठिन अवस्थामा रहेकाहरुलाई सानो सहयोग गर्न अग्रसर भएका हौं । यसका साथै जानकारी प्राप्त गरेको खण्डमा अन्य असहायहरु, खेलाडी, खेलकर्मी र खेलपत्रकार साथीहरुलाई पनि सहयोग गर्न तयार छौ ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका राजेन्द्र दुलालले बताए ।

ताजा समाचार

This will close in 10 seconds