हो म तस्कर हु (कविता)


✍️ दिपेन्द्र ऐरि

हो म तस्कर हु
मैले मलखाद
तस्कर गरेकै हु,
तस्कर गर्न
म बाध्य
भएकै हु,

तिम्रो प्रशासनले
जस्तोसुकै संकटमा
पनि लक्डाउन बाहेक
केहि पनि उपाय
देख्न सक्दैन हो मैले
अव आउने
संकट अव लाग्ने
लक्डाउनको जोहो गर्न
मैले १० केजि मलखाद
तस्कर गरेकै हु !

खेतमा अन्नबालि
फलाउन
बालबालिकाहरुको पेटमा
एक गाँस भात र एक रोटि
उत्पादन का लागि
मैले मलखाद ल्याएकै हु
राम कुमार महतो साहयव
हो मलाई सजाज दिनुस
म भोग्न तयार छुु!
म जेलनेल सहन तयार छु !

तर दिनहु
टनका हिसाव ले
अबैध समानहरु
ओसारपसार हुदा
किन मौन
बस्छ तपाईंको
प्रशासन सिडिओ
साहयव
त्यो बेला कहाँ
गयो प्रहरि प्रशासन
कहाँ गए
सिमा सुरक्षा कर्मि
किन समातिएन
ति तस्करहरु
सिडिओ साहप

हामिले
आधा धुर
सरकारी जमिनमा
बस्दा जमिन
अतिक्रमण हुने
अनि भारतिय सम्राज्यवाद ले
कालापानी, लिपुलेक र लिम्पियाधुरा
जस्ता सिमाहरु अतिक्रमण
हुदा किन मौन छ
तपाईंको सिमा सुरक्षा बल
कहा जान्छन
त्यो बेला तपाईंको
प्रशासन र ?

अनि हामिले
एकछाक टार्न
खाध्य सामाग्रि
ल्याउदा
हामि निमुखा
जनताहरु लाई
लक्डाउनमा
एक छाक
राहत दिनुको
साटो
हामि निमुखाहरुलाई
तस्कर को उपाधि
धन्यवाद !!
कञ्चनपुर
प्रशासन प्रमुख
राम कुमार महतो
साहप धन्यवाद !


Loading Viewer...

ताजा समाचार

spot_img