भारतीय एसएसविको कञ्चनपुरको सीमा क्षेत्र सुन्दरनगरमा दादागिरी

, भारतीय सीमा सुरक्षा बल खेतबाट किसान उठाउन आए

कञ्चनपुर : नेपाल भारत कोभिड–१९ बाट आक्रान्त रहेका बखत भारतीय सीमा सुरक्षा बलले एकोहोरो रुपमा नेपालको भुमी मिच्दै आएको छ । दोधारा चाँदनी स्थित सुन्दरनगरमा खेती गर्दै आएका कृर्षक अधिकारीको जमिनमा हल्दी लाउन दिने सहमति भए पनि फेरी भारतीय एसएसवि आई धम्क्याउने र खेती नगर्नु भन्दै नेपाल भारत दुई पक्ष सहमती उल्घन गर्दे आइरहेको छ । खेती कार्य गर्ने दिने सहमति भए पनि उलंङघन जारि राखेका छन् । दोधारा चाँदनी नगरपालिका -८ सुन्दरनगरको नेपाल तर्फ रहेको स्थानिय किसान नारायण अधिकारीको खेतमा गतबर्ष पनि भारतीय सीमा सुरक्षा बलले बिवाद झिकेर खेती गर्न अबरोध गर्यो फेरि सहमति गरि खेती लगाउन दियो । केहि दिन पहिला यसैगरि भारतीय सुरक्षा बलले किसान लाई खनजोत गर्न नदिइ खेतमा आए एफ.आइ.आर दर्ता गर्ने र उठाएर लैजाने नेपाली सुरक्षा निकायको सामुन्ने धम्कि दिएको थिए । पछि नेपाली प्रशासन र नेपाल भारतको सुरक्षा निकायको सहभागितामा किसानलाइ खेति लगाउन दिने सहमति भएको थियो । किसानले दुबै देशका सुरक्षा निकायको सामुन्ने आज खनजोत गरि घाँस छर्ने, बेसार गोड्ने काम गरेका थिए ।

तर शुक्रबार साँझ तिर १०/१२ जना एस.एस.बि. आइ दुई जनाले अधिकारीले छानेर किनारमा राखेको दुबो समेतको घासपात पुनः खेतमा छरेको र अरु ८/१० जना झाडिमा लुकेको रहेछन त्यस समयमा आफु घरमा नभइ अन्तै गएका कारण खेतमा नजानाले अपहरण परेन नभए उठाएर लग्ने रहेछन अधिकारिले सुदुर दर्पणलाई फोनमा भने । ‘एसएसबिलाई किन यस्तो गरेको सहमतिमा खेती गरेको हो भन्दा हामी लाई यस सम्बन्धि केही जानकारि नभएको र यहाँ खनजोत नगर्नु भनेर गएको छिमेकीले बताएको अधिकारीले बताए । यसरी भारतीय सीमा सुरक्षा बलले एकातिर सहमति गर्ने अर्कोतिर सोझासाझा सिमावर्ति किसान लाई दुख दिने गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds