मुख्यमन्त्री भट्टले विश्वासको मत लिंदै ,दुईतिहाई समर्थनकाे विश्वास

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची राखिएकाे छ। मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको धामीले बताए ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।

प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् । मुख्यमन्त्री भट्टलाई माधवकुमार नेपाल पक्षका १८, नेकपा माओवादी केन्द्रका १३ र नेपाली कांग्रेसका १२ जनाले समर्थन गर्ने बताइएकाे छ । याेसँगै बहुमतमा रहेकाे भट्ट नेतृत्वकाे सरकार आज विश्वासकाे मतपछि दुईतिहाईकाे बहुमत समर्थन पाउने छ ।

ताजा समाचार

This will close in 10 seconds